Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

बिहेको जग्गेबाट भगाइए आर्यन (`सुश्री` ट्रेलर)

फिल्मीखबर, काठमाडौं, 2015/09/22
बडा दशैको छेको अर्थात कार्तिक ३ गते फूलपातीलाई प्रदर्शन मिति तोकेको शिबम अधिकारी निर्देशित चलचित्र ‘सुश्री’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । अभिनेता आर्यन सिग्देल स्टारर फिल्म ‘सुश्री’ को सार्बजनिक ट्रेलरमा मुख्य पात्र आर्यन र डेब्यु हिरोइन आशिका तामाङलाई उच्च प्राथमिकतामा प्रस्तुत गरिएको छ । 
 
 
ट्रेलरमा अभिनेता आर्यन सिग्देललाई बलिउड अभिनेता सलमान खानको उपमा दिदै ‘सल्लु’ भनिएको छ । बिबाह पूर्ण रुपमा स्वतन्त्र हुनुपर्छ भन्ने सिद्दान्त बोकेको चलचित्रको सार्बजनिक ट्रेलरमा नायिका आशिकाले आर्यनलाई बिहेको जग्गे बाट नै भगाएकी छिन् ।आर्यन र आशिका सहित ट्रेलरमा सुरबिना कार्की र राजाराम पौडेललाई पनि प्राथमिकतामा राखिएको छ । आत्मराम थापा निर्मित चलचित्रमा आर्यन,आशिका,सुरबिना र राजाराम सहित बिकास चापागाई र मिश्री थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
 
 
चलचित्रलाई रामेश्वर कार्कीले खिचेका छन् भने शंकर बिसीको कोरियोग्राफी रहेको छ । चलचित्रमा सानुकुमारले दन्द निर्देशन गरेका छन् । त्यस्तै बसन्त सापकोटा र आशिष पुरुषको शब्द रहेको छ भने बसन्त र सुबास भुषालले संगीत भरेका छन् । चलचित्रको गीतमा सन्तोष लामा,बसन्त सापकोटा,मिलन अमात्य र निकिता थापाले स्वर दिएका छन् ।आशिका फिल्म्स ब्यानरमा निर्माण गरिएको यस चलचित्रलाई देशभर रोहित-रत्न (आरआर)वितरण गर्ने जिम्मा लिएका छन् ।
 
 

Most Visited News (monthly)