Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वडा नम्बर ६’लाई भट्टराईले दिए ८ हिसिलाले दिइन् ११ (भिडियो सहित)

फिल्मीखबर, काठमाडौं, 2015/09/22

हाँस्यकलाकारहरुले निर्माण गरेको चलचित्र वडा नम्बर ६ हेर्न सोमबार साँझपूर्व प्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराई, सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, एमाओवादी नेतृ हिसिलायमी कुमारी हलमा पुगेका थिए । चलचित्रको युनिटसँगै बसेर सिनेमा हेरेका नेताहरुले चलचित्र राम्रो बताए ।


‘यस्ता चलचित्रहरु बन्ने हो भने विदेशी चलचित्रहरुको प्रभुत्व घ्टछ नेपाली सिनेमा उद्योगले प्रश्रय पाउँछ’ चलचित्र हेरिसकेपछि डा. भट्टराईले भने ‘म यो चलचित्रलाई १० मा आठ दिन्छु ।’ उनले चलचित्र हेरिरहँदा जनयुद्वको पलहरुलाई सम्झिएको पनि सुनाए । डा. भट्टराईले चलचित्र वडा नम्बर ६ लाई सरल, यथार्थमा आधारित र गुणस्तरीय चलचित्र भनी प्रतिक्रिया दिएका छन् ।


यता भट्टराई पत्नी हिसिला यमीले पनि चलचित्रले मन छोएको प्रतिक्रिया दिएकी छिन् । ‘मलाई एक्सपेरिमेन्टल लाग्यो वडा नम्बर छ, त्यसैले यो चलचित्रलाई अस्करमा पुर्याउनै पर्छ’ हिसिलाले भनिन्,‘यो चलचित्रलाई म १० मा ११ दिन्छु ।’ उनले कलाकार दिपाश्रीको अभिनय मन परेको बताईन । उनले दिपालाई महिला शसक्तिकरणको आवाज बोल्ने अभिनय गरेको भनि मुक्तकण्ठले प्रशंसा गरिन् ।


यता सुचनातथा सञ्चारमन्त्रीले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । नेपालको समसामयिक राजनीतिलाई पृष्ठमा राखेर रमाईलो कमेडी चलचित्रले प्रस्तुत गरेको रहेछ, सिनेमा हेरेर धेरै हाँसियो मन्त्री रिजालको प्रतिक्रिया यस्तो थियो । सिनेमा हेर्न चलचत्रिविकास बोर्डका अध्यक्ष राजकुमार राई सहित बरिष्ठ सिनेकर्मी अशोक शर्मा लगातयचलचित्र युनिट सहित सञ्चारकर्मी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

 


चलचित्रको विशेष शोमा चलचित्रका कलाकारहरुले प्राप्त प्रतिक्रियाबाट खुशी हुँदै रमाईलो पनि गरेका थिए । नायिका प्रियंकालाई सिताराम कट्टेलले जुरुक्कउचाले भने छेवैमा रहेकी श्रीमतीतथा यस चलचित्रकी निर्मात्री कुञ्जना घिमिरेलाई गालामा चुम्बन पनि गरे ।यता केदार घिमिरे माग्ने बुढालाई पनि प्रियंका र दिपाश्रीको अंगालो निकै फापेको देखियो ।
उज्जल घिमिरे निर्देशित चलचित्र‘वडा नम्बर ६’ ले यतिबेला राजधानीकाहलहरुमा हाउसफुलको ब्यापार गरिरहेको छ ।

 

Most Visited News (monthly)