Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कतार हिंडेका कलाकार दुबई एअरपोर्टमा अलपत्र

फिल्मीखबर, काठमाडौं, 2015/09/23

नेफ्टा अवार्डमा सहभागि हुन मंगलबार कतार प्रस्थान गरेका फिल्मकर्मीको जम्बो टोली दुबईको शारजहाँ एअरपोर्टमा अलपत्र परेका छन् । दुबई ट्रान्जिट हुँदै कतार हिंडको फिल्मकर्मीको टोलीलाई दुबईकै अध्यागमनले रोकेपछि यो समाचार तयार पार्दासम्म करिब ४० फिल्मकर्मी दुबई एअरपोर्टमै अलपत्र परेका छन् ।

दुबई अध्यागमनले कतार प्रवेशका लागि आवश्यक १५ सय डलर फिल्मकर्मीले देखाउन नसकेको भन्दै रोकेको श्रोतले बतायो । १५ सय डलर शो गर्न सक्ने केही कलाकर्मी कतार प्रवेश गरेपनि भोलि हुने अवार्डका लागि थुपै्र कलाकार अहिले पनि एअरपोर्टमै रहेको स्रोतले बतायो ।


सस्तो टिकटको चक्करमा दुबई ट्रान्जिट र आयोजकलाई अध्यागमन सम्बन्धि पर्याप्त ज्ञान नहुँदा फिल्कर्मी बिचल्लीमा परेको कतार पुगेका एक कलाकारले नाम नखोल्ने शर्तमा बताए । नियममा १५ सय देखाउनु पर्ने भएपनि ५ सय हुँदा पनि दुबईले प्रवेश दिईरहेको तर सँगै गएका फिल्मकर्मीले अध्यागमन अधिकारीसँग अनावश्यक वादविवाद गरेपछि दुबई अध्यागमनले १५ सय डलर भन्दा कममा नलग्ने अडान लिइदिँदा कलाकार एअरपोर्टमा बिचल्लीमा परेको उनले बताए ।  

 

एक अनलाइनले कलाकारले १५ सय डलर जुटाउन गरिहेको मेहनत सहितको भिडियो फुटेज राख्दै आयोजकको लापरवाहीले कलाकारले दुःख पाएको दाबी गरेको छ । अनलाइनले स्रोतलाई उद्धृत गर्दै भनेको छ , ‘मदन दाइले समेत हातमा डलर लिएर लाइन बस्नु परेको देखेर मन चिरिएर आयो’ । कलाकारको टोली एअर अरेबियाको बिमानबाट दुई लट गरेर दोहा प्रस्थान गरेको थियो ।

 

स्रोतले एअर अरेबियाको बिमान छाडेर कतार एअरवेज मार्फत स्थानीय समय अनुसार बेलुकी ५ बजे फेरि दुबईबाट कलाकार उडाउने तयारी भईरहेको जानकारी गरायो । आयोजक र सह-आयोजकको व्यवस्थापन पक्ष कमजोर भएका कारण यस्तो समस्या देखिएको फिल्मकर्मीको भनाई छ ।  

 

नेफ्टाले यसअघि मलेसियामा गरेको अवार्ड दर्शक बिहीन रहेको टिप्पणी गरिएको भएपनि मलेसियाको सह-आयोजकको व्यवस्थापन भने राम्रो थियो । हङकङमा भएको नेफ्टा अवार्डको पनि सह-आयोजकको व्यवस्थापन राम्रो थियो ।

Most Visited News (monthly)