आमिर खान र शाहरुख खानको सिको गर्दै सलमान पनि अब भिलेनको रुपमा देखिने भएका छन् । सलमानलाई दर्शकले ‘किक २’मा भिलेनको रुपमा देख्न पाउनेछन् ।
साजिद नाडिावालाको निर्देशक रहेको फिल्म ‘किक’ सुपरहिट भएपछि निर्माताले यसको सिक्वेलको तयारी गरिरहेका छन् । स्रोतका अनुसार फिल्ममा सलमानले भिलेनसँग हिरोको पनि भूमिका निर्वाह गर्नेछन् ।
यसअघि आमिर खानले ‘धूम ३’ दोहोरो भूमिका निर्वाह गरेका थिए । त्यसैगरी शाहरुखले पनि ‘डन’मा दोहोरो भूमिका निर्वाह गरेका थिए ।‘किक’मा खेलेरै चर्चा कमाएकी ज्याकलिन फर्नान्डिस भने फिल्ममा नहुने भएकी छिन् ।
सलमानसँग सम्बन्ध बिग्रिएका कारण फिल्मबाट ज्याकलिनको पत्ता काटिएको चर्चा चलेको थियो । तर अहिले ज्याकलिनले नै सिक्वेलका लागि हिरोइन खोजिरहेको चर्चाा छ । उनले सलमानको अपोजिटमा तीन हिरोइनको नाम समेत सिफारिस गरेको खबर छ । सलमानले यसअघि ‘जुडवा’मा डबलरोल गरेपनि दुवै चरित्र नेगेटिभ सेड्सका थिएनन् ।

