मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गीतमा आधा नाचेर उडिन् निशा

फिल्मीखबर, काठमाडौं, 2015/10/01

अमेरिकाबाट नेपाल आए लगतै अभिनेत्री निशा अधिकारीले आफूले काम गरिरहेको फिल्म ‘लुटेरा’को एक गीतमा आधा काम गरिन् । आधा काम गरेर निशा अफ्रिकाको हिमाल चढ्न त्यतातर्फ लागिसकेकी छिन् । दयाराम दाहाल र दयाराम पाण्डेले लेखेको‘मैले तिमीलाई मन पराए’को बोलको गीतमा निशा र अभिनेता निखिल उप्रेतीले नृत्य गरेका छन् ।

 

यो गीतको आधा मात्र काम सकिएको भन्दै निर्माता गोपाल कायस्थले आज नै यो गीत सार्वजनिक गर्ने तयारी गरिएको बताए । उनले अहिले आधा गीत सार्वजनिक गर्ने र बाँकी गीतको छायांकन असोज २६ गते गर्ने बताएका छन् ।

 

 

कात्तिक २७ गतेबाट प्रदर्शनमा आउने फिल्ममा निखिल उप्रेती, निशा अधिकारी, हर्षिका श्रेष्ठ, सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । फिल्ममा अभिनेत्री अधिकारीको छोटो कपालमै गीत खिचिएको छ । यस्तै, अभिनेत्रीले गीतका लागि नक्कली कपाल पनि लगाएकी छिन् ।