देशभर तेलको हाहाकार भएपछि यसको प्रत्यक्ष मारमा नेपाली फिल्म जगत पनि परेको छ । नेपाली फिल्मीकर्मी अहिले काम छाडेर हात बाधेर बसेका छन् । छायांकनमा गएका फिल्म रोकिएका छन् भने, जाने तयारीमा रहेका फिल्म जान सकेका छैनन् ।
निर्माता छविराज ओझाले निर्माण गरिरहेको फिल्म ‘किस्मत २’ को छायांकन रोकिएको छ । फिल्मको छायांकन काठमाण्डौमा सुरु गर्न नसकिएको हो । तेल अभावका कारण छायांकन रोकिएको हो । अब, फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ, निर्मातालाई थाहा छैन । मुस्ताङ र जोमसोममा फिल्मको छायांकन गरेर निर्देशक ऋषि लामिछाने, कलाकारहरु शिल्पा पोख्रेल, किशोर खतिवडा फर्किएका छन् । तर, काठमाण्डौमा तेल नभएपछि काम गर्न सकिएको छैन ।
फिल्म क्लासिकको त यसका निर्माताले छायांकन सुरु गर्ने हिम्मत नै गर्न सकेनन् । असोज ११ गतेबाट छायांकन सुरु गर्ने तयारी थालिएपनि एकाएक तेल अभाव भएपछि काम रोकिएको हो । तेलको जोहो गर्न सक्ने अवस्था पनि नभएपछि अब फिल्मको छायांकन कहिले सुरु हुन्छ पत्तो छैन ।
फिल्म ‘रामप्यारी’, ‘नाई नभन्नु ल ४’ अहिले छायांकनमा छन् । तेल अभावका कारण यी फिल्मलाई पनि ठूलो असर पर्न सक्ने यसका निर्माताको भनाई छ ।फिल्मको छायांकन रोक्नु परेमा निर्मातलाई घाटा लाग्छ । तर, देशको विद्यमान समस्याले अहिले निर्मातालाई ठूलै असर पु¥याइरहेको छ ।

