बलिउड अभिनेता ऋतिक रोशनसँगलाई छाडेपछि सुजन अहिले अर्का अभिनेता अर्जुन रामपालसँग देखिएकी छिन् । अर्जुनकै कारण ऋतिक र र सुजैनको ब्रेकअप भयो भन्नेहरु पनि छन् । तर, यो बिषयमा यी दुबैले खण्डन पनि गर्दै आएका छन् ।
केही दिनयता बलिउड मिडियामा सुजैन र अर्जुन रामपालको बिहे हुन लागेको खबर सार्वजनिक भैरहेका छन् । हुनत, यो कुरालाई ऋतिकले अस्विकार पनि गरिसकेका छन् । तर, सुजैन र अर्जुन एकसाथ रेष्टुरेन्टमा देखिएपछि यो कुराले चर्चा पाएको छ ।मुम्बइको एक रेष्टुरेन्टमा सुजैन र अर्जुन पुगेका थिए ।
उनीहरुविच लामो समय गफ पनि भयो । रेष्टुरेन्ट खाली भएकाले पनि सुरुमा उनीहरुले गम्भिर बिषयमा गफ गरेका थिए । तर, जब रेष्टुरेन्टमा मानिसहरुको भिड लाग्न थाल्यो, यसपछि अर्जुन र सुजैन त्यहाँबाट उठेर हिडेका थिए ।अर्जुनसँग ऋतिककी पूर्व पत्नी रेष्टुरेन्टमा देखिएपछि अहिले यी दुइले बिहे गर्न लागेको खबरमा ध्यू थपिएको छ ।

