नेपाल प्राविधिक संघ (नेफ्टा)ले कतारमा गरेको अवार्डमा आयोजकले जुरी निर्णयमा चलखेल गरेको आरोप लागिरहेका बेला राजधानीमा अर्को अवार्डको मनोनयन सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय कलाकार समाज(इनास)ले बुधबार औपचारिक कार्यक्रम गर्दै १४ विधामा जारी गरेको अवार्ड भने मनोनयनमै विवादमा पर्ने देखिएको छ ।
संस्थाकै सदस्य रहेका व्यक्तिले निर्माण गरेको फिल्म सर्वाधिक मनोनयनमा परेपछि धेरैले मनोनयनमा आशचर्य जनाएका हुन् । इनासका सदस्य तथा प्रवक्ता राजेश घतानीले निर्माण गरेको फिल्म ‘बितेका पल’ ५ विधामा मनोनयनमा परेको छ ।सामान्यतया अवार्ड आयोजकले निर्माण गरेको फिल्म अवार्डका लागि स्वतः अयोग्य हुन्छ । आयोजकले जुरीलाई प्रभावमा पार्न सक्ने सम्भावना हुने भएकाले संसारभरनै आयोजक यदि निर्माता वा फिल्मको कुनै पनि विधामा संलग्न छ भने त्यो फिल्मलाई अयोग्य मान्ने गरिन्छ तर नेपालमा भने अवार्डका नाममा मनपरी हुँदै आएको छ ।
वर्षभरि आफू सोही फिल्ममा प्राविधिकको रुपमा काम गर्ने र सोही प्राविधिकहरुले आफैंले काम गरेको फिल्मलाई अवार्ड दिँदै आएको ‘नेफ्टा’ पनि यस्तै सिलसिलाको उदाहरण हो ।
जारी मनोनयनमा ‘बितेका पल’ ले उत्कृष्ट नृत्य निर्देशक,उत्कृष्ट गायिका, उत्कृष्ट गायक, उत्कृष्ट सम्पादन र उत्कृष्ट अभिनेत्री गरी ५ विधामा मनोनयनमा पर्दै यस्तै प्रवृतिको पनरावृत्ति गरेको छ । इनासकै सदस्य बाबु बोगटी पनि ‘बितेका पल’बाटै उत्कृष्ट गायकको मनोनयमा परेका छन् ।
प्रकाश सुवेदी जुरी संयोजक रहेको निर्णायक टोलीले १४ विधामा उत्कृष्ट तीनको नाम सार्वजनिक गरेको हो । जुरीमा लक्ष्मीनाथ शर्मा, शान्तिप्रिय, सुरेश अधिकारी, सरिता लामिछाने सदस्य रहेका छन् ।आयोजकले बालकलाकार, द्वन्द्व,नृत्य निर्देशक,गायिका, गायक,गीतकार,गीतकार, संगीतकार,आलेख,सम्पादन,छायांकन, अभिनेत्री,अभिनेता,निर्देशक र चलचित्र गरी १४ विधाको मनोनयन सार्वजनिक गरेको हो ।
अनमोल केसी (जेरी), आर्यन सिग्देल(नोभेम्बर रेन), दयाहाङ राई (कबड्डी), उत्कृष्ट अभिनेताको मनोनयनमा पर्दा केकी अधिकारी(बितेका पल), नम्रता श्रेष्ठ (नोभेम्बर रेन) र शिल्पा पोखरेल (लज्जा)बाट मनोनयनमा परेका छन् ।‘टलकजंग भर्सेज टुल्के’, ‘कबड्डी’, ‘नोभेम्बर रेन’उत्कृष्ट फिल्मको मनोनयनमा अटाएका छन् भने भने सोही तीन फिल्मका निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ र दिनेश राउत उत्कृष्त निर्देशकमा परेका छन् ।
.jpg)
शलेन्द्र डि कार्की (जेरी), सञ्जय लामा( स्टुपिड मन) र पुरुषोत्तम प्रधान(कबड्डी)बाट छायाँकारको मनोनयनमा छन् भने ‘कबड्डी’ बाट निमेष श्रेष्ठ,‘बितेका पल’बाट विपिन मल्ल र ‘लोकेश बज्राचार्य ‘टलकजंग भर्सेज टुल्के’बाट सम्पादनबाट मनोनयनमा छन् । लेखनमा भने रामबाबु गुरुङ र उपेन्द्र सुब्बा(कबड्डी), विकाश आचार्य (नाई नभन्नू ल२) र गजित–गम्भिर बिष्ट(लव यु बाबा) बाट उत्कृष्ट तीनमा परेका छन् । संगीत तर्फ भने ‘स्टुपिड मन’बाट अर्जुन पोखरेल, ‘नाई नभन्नू ल २’बाट बसन्त सापकोटा र ‘कोहिनूर’बाट शम्भुजित बाँस्कोटा मनोनयनमा परेका छन् ।

