Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अवार्ड विहिन शिल्पा

फिल्मीखबर, काठमाडौं, 2015/09/30

गतबर्ष चलेका धेरै फिल्ममध्ये केही गीतले त, केही अभिनेता वा ब्यानरका कारण चले । तर, गतबर्ष नै फिल्म लज्जाबाट डेब्यू गरेकी अभिनेत्री शिल्पा पोख्रेलले फिल्म नै बोकिन् । उनले हवल्दार सुन्तली फिल्ममा त शिर्ष भूमिकामा नै काम गरिन् । हुनत, यी दुबै फिल्म छविराज ओझाको ब्यानरका थिए । तर, पनि शिल्पाले दुबै फिल्ममा केन्द्रिय भूमिका निर्वाहा गरिन् ।


शिल्पा पोख्रेल यो बर्ष आयोजना भैरहेका अवार्डमा उत्कृष्ट अभिनेत्री र उत्कृष्ट डेब्यू अभिनेत्रीको विधामा नोमिनेशनमा परेकी छिन् । तर, उनले अवार्ड जितेकी छैनन् । शिल्पाले काठमाण्डौको हायात होटलमा सम्पन्न एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा डेब्यू अभिनेत्रीमा अवार्ड पाउने आँकलन गरिएको थियो । तर, शिल्पाको ठाउँमा गोपिकृष्ण टेलिभिजनमा कार्यरत भिजे आस्मा डीसीले अवार्ड जितिन् ।

 

आस्माको अवार्ड सर्वाधिक विवादमा देखियो । आस्माले अवार्ड पाउने वित्तिकै शिल्पालाई लिएर फिल्म ‘फागु’ बनाएकी निर्देशक संझना रौनियार अवार्ड धाधली भएको भन्दै कराइन् । उनी आस्माले अवार्ड पाउने वित्तिकै कराएको चर्चा अहिले फिल्म बजारमा खुबै चलेको छ ।

 

जबकी सम्झना नै सो फिल्मको इभेन्ट कोअर्डिनेटर थिइन् । कतारमा बिहिबार आयोजित आठौ नेफ्टा फिल्म अवार्डमा पनि शिल्पाको नाम अटाएन । यो विधामा उनी उत्कृष्ट अभिनेत्रीको विधामा थिइन् न कि डेब्यू अभिनेत्री । शिल्पालाई जुरीले डेब्यू अभिनेत्रीमा किन राखेन, यो अचम्मको कुरा थियो ।
 

Most Visited News (monthly)