मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म प्रदर्शनको बारेमा किन बोल्दैनन् नेपाली कलाकार ?

फिल्मीखबर, काठमाडौं, 2015/10/09

फिल्म चल्दा सवैभन्दा बढी फाइदा कलाकार र निर्देशकलाई हुन्छ । निर्माताले त पैसा कमाउछ अर्को फिल्म बनाउने या नबनाउने बारेमा सोच्छ । तर, कलाकारको ब्रान्ड भ्यालु, बजार मुल्य, विदेशी कार्यक्रमको ओइरो सबै छ । फिल्म चल्दा कलाकारले मिडियामा पनि राम्रो स्थान पाउछन् । यसैले पनि होला, बलिउड र हलिउडका कलाकार फिल्ममा अभिनय मात्र होइन, प्रदर्शनको समयमा पनि आफ्नो  सक्रियता छाड्दैनन् । किनकी, एउटा फिल्म फ्लप हुदा कलाकारलाई ठूलो घाटा लाग्छ ।


तर, नेपालमा यो विपरित छ । फिल्ममा अभिनय गर्नुमात्र आफ्नो काम हो भन्ने सोचाइ नेपालका म स्टार हुँ भन्ने कलाकारको सवैभन्दा ठूलो रोग हो । फिल्मको प्रदर्शन कुन मितिमा गर्ने भनेर उनले निर्मातासँग बोली नै फोर्दैनन् । कलाकारले चाहने हो भने नेपाली फिल्मको प्रदर्शन पनि सही तबरले हुन्थ्यो । तर, आफ्नै फिल्म एकसाथ जुध्दा होस् या एकैदिन ४ वटा फिल्म प्रदर्शनमा आउँदा होस्, कलाकार बोल्दैनन् ।

 

कलाकार बोल्ने र प्रचारमा हिड्दिन भन्ने हो भने निर्माता र वितरकले पनि सोच्नु पर्ने अवस्था आउँछ । तर, विडम्बना फिल्मको डबिङ गरेपछि उम्किएको माछो जसरी नेपालमा आफूलाई स्टार भन्ने कलाकार पछि हट्छन् र म्यूजिक भिडियो, अर्को फिल्म र विज्ञापनमा पैसा कमाउन दौडन्छन् ।नेपाली फिल्म व्यवसायिक नहुनुको एउटा कारण कलाकारको लापरवाही पनि भएको प्रष्ट छ ।

 

कलाकारले औला उठाउने हो भने फिल्म प्रदर्शनको समयमा अनावश्यक भिडन्त हुदैनथ्यो । तर, यहाँ यस्तो छैन । फिल्म चलेको खण्डमा आफू हिट अभिनेता र अभिनेत्री भएको घमण्ड फुक्दै हिड्नेहरु फ्लप हुँदा त्यसको जस समेत लिन मान्दैनन् ।पत्रकारका प्रश्नमा फिल्म प्रदर्शनको अधिकार आफ्नो नभएको भन्दै कलाकार तर्किएको पाइन्छ । तर, कलाकारले पहिले नै प्रदर्शनको बिषयमा कुरा गर्ने हो भने यसले राम्रा कलाकार र राम्रा चलचित्र पनि मर्ने थिएनन् ।

 

धेरै जसो समय आर्यन सिग्देल यस्तो चपेटामा पर्दै आएका छन् । कुनै समय राजेश हमाल पछि लोकप्रिय अभिनेताको रुपमा उदाउने सम्भावना रहेका आर्यनले पहिले त जस्ता पायो त्यस्तै फिल्म खेलेर त्यो सम्भावना खत्तम गरे दोस्रो त आफूले खेलेको फिल्मको रिलिजमा बेपर्वाह बनेर । कात्तिक ३ गते चार वटा फिल्म रिलिज हुँदैछन् जसमा आर्यन अभिनित सुश्री पनि छ ।

 

पहिले त आर्यनले यो फिल्म भीडभाडमा रिलिज नगर्न निर्मातालाई दबाब दिएको भए हुन्थ्यो । त्यो पनि नभए कमसेकम आफूले खेलेको फिल्मको प्रचार गरेको भए हुन्थ्यो तर उनले दुवै कुरा गरेनन् । बरु यही मौकामा आफ्नो फिल्मको सुटिंग गरे । आर्यनझैं जीवन पनि यस्ता कुरामा वेपर्वाह नै छन् ।