Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

नरेनका २ फिल्म जुध्दै, छायाँमा 'रावण' हिरो

फिल्मीखबर, काठमाडौं, 2015/10/09

अभिनेता नरेन खड्का अभिनित दुई फिल्म एउटै मितिमा जुध्दैछन् । फिल्म परदेशी र ठमेल डट कम एउटै मितिमा आउने भएतापनि अभिनेता नरेन खड्का भने छायाँमा देखिएका छन् । फिल्म परदेशीको पत्रकार सम्मेलनमा पनि प्रशान्त तामाङ र अभिनेत्री रजनी केसीलाई स्टेजमा बोलाइएपनि नरेनको नाम अन्तिममा लिइएको थियो । यसले पनि नरेन केही निराश देखिएका थिए ।


फिल्म क्षेत्रमा खासै चर्चा कमाउन नसकेका नरेनले दुबै फिल्ममा मिहिनेत गरेको बताउछन् । फिल्म परदेशीको पहिलो पत्रकार सम्मेलनमा अर्का कलाकार प्रशान्त तामाङ उपस्थित नहुदा हाइलाइटमा देखिएका नरेन दोश्रो पत्रकार सम्मेलनमा भने छायामा परेका थिए ।फिल्म ठमेल डट कममा पनि अनुप विक्रम शाहीले नै प्रमोशन पाइरहेका छन् । जसका कारण पनि नरेनको कामको मुल्यांकन हुन सकेको छैन । दुई फिल्म एकसाथ जुध्दा पनि नरेनलाई घाटा लागेको छ ।

Most Visited News (monthly)