मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पछि हट्यो निर्माता संघ

फिल्मीखबर, काठमाडौं, 2015/10/08

निर्माता संघ आफ्नै निर्णय बाट पछि हटेको छ । दुई दिन शुक्रबार भन्दा फिल्म रिलिज गर्न नपाउने नियम स्मरण गराउँदै प्रेस विज्ञप्ती जारी गरेको निर्माता संघले दुई दिन पछि सो निर्णयबाट पछि हट्दै दशैं लक्षित फिल्मलाई मंगलबार नै रिलिज गर्न दिने निर्णय गरेको छ । बिहीबार निर्माता संघ सदस्य र फिल्म निर्माता बीच भएको छलफलले यस्तो निर्णय गरेको हो ।


कात्तिक ३ गते रिलिज हुन लागेका फिल्मले पूर्व घोषित मितिमा नै रिलिज गर्न पाउँ भनी दिएको निवदेनलाई सकरात्मक रुपमा लिँदै संघले पूर्व सम्झौतामा पुनर्विचार गरेको हो ।विगत १२ वर्षदेखि उपत्यकामा शुक्रबार मात्र फिल्म रिलिज गर्ने परम्परा रहँदै आएको छ । फिल्म प्रदर्शनमा बेथिति आएको भन्दै निर्माता संघ र चलचित्र संघले २०६० सालमा यस्तो सम्झौता गरेका थिए ।

 


संघले बिहीबार नै बिज्ञप्ती जारी गर्दै देशको विशेष परिस्थितिलाई केन्द्रमा राख्दै पूर्व सम्झौतामा लचिलो भएको जनाएको छ । ‘देशको पछिल्लो समय र परिस्थिति अनुसार चलचित्र व्यापार सोचे अनुरुप नभएको, भूकम्पबाट यो क्षेत्रमा असर परेको, तराई बन्दका कारण जनजीवन अस्तव्यस्त बनेको र असोज २९मा कुनै पनि नेपाली फिल्म रिलिज नभएकाले दशैंको छेकोमा फिल्म रिलिज गर्दा निर्माता, वितरक र हलवाला सबैलाई फाइदा पुग्ने देखिएकाले कार्तिक ३ मा रिलिज हुने फिल्मलाई निर्बाध रिलिज अनुमति दिइएको छ,’ संघ उपाध्यक्ष उदय कुमार इङनाम हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।


कार्तिक ३ मा ‘परदेशी’, ‘अधकट्टी’ र ‘ठमेल डटकम’ गरी तीन फिल्म प्रदर्शन हुँदैछन् । अघिल्लो साल भने रेखा थापाले निर्माता संघको निर्णय लत्याउँदै शुक्रबार बाहेकका दिनमै ‘हिम्मतवाली’ रिलिज गरेकी थिइन् । सोही कारणले निर्माता संघ अध्यक्ष राजकुमार राई र रेखा थापाबीच राम्रै वाकयुद्ध चलेको थियो ।