मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रतिक्षामा ‘ठमेल डट कम’

फिल्मीखबर, काठमाडौं, 2015/10/11

नेपालकै चर्चित ब्यानर गोपिकृष्ण मुभिजले निर्माण गरेको फिल्म ‘ठमेल डट कम’ देशभरका हलमा कात्तिक ५ गतेबाट नै प्रदर्शनमा आउने भएको छ । यसअघि काठमाण्डौमा ६ र बाहिर ५ गतेबाट फिल्म प्रदर्शनमा आउने चर्चा थियो । तर, निर्माता संघले अन्य ३ फिल्मलाई कात्तिक ३ गतेबाटै देशभरका हलमा लगाउने निर्णय गरेपछि गोपिकृष्णले यस्तो निर्णय गरेको हो ।


राजकुमार शर्माको निर्देशनमा बनेको यो फिल्मको ‘तिमी नभए’ बोलको गीत अहिले चर्चामा छ । यो गीतलाई यो फिल्म चल्ने दरिलो आधार मानिएको छ । फिल्ममा अनुपविक्रम शाही, नरेन खड्का, प्रमोद अग्रहरी, निता पोखरेलको मुख्य भूमिका छ । फिल्मको लोकेशनलाई पनि उत्कृष्ट मानिएको छ । फिल्मले नारी प्रधानको कथालाइ उठाएको छ । नेपाली फिल्ममा नारीलाई कमजोर मान्ने प्रवृत्ति छ । तर, यो फिल्म भित्र नारीलाई सशक्त भूमिकामा देखाइएकाले पनि महिलाहरुका लागि फिल्म विशेष भन्ने गोपिकृष्णको दाबी छ ।