एसबीआर फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको फिल्म ‘सत्यदीप’को फष्टलुक र अडियो सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले फष्टलुक र अडियो सार्वजनिक गरे ।
कार्यक्रममा लेखक तथा निर्देशक शिवराज कार्कीले फिल्मले सामाजिक कथा र भ्रष्टचारविरुद्ध आवाज उठाएको बताए । फिल्मका प्रस्तुतकर्ता विनयराम श्रेष्ठले फिल्मको रिलिज मिति चाँडै नै घोषणा गर्ने बताए ।
कलाकार रवि गिरीले फिल्मको स्क्रिप्ट अनुसार फिल्म राम्रो बनेकोमा आशा व्यक्त गरे । यसै फिल्ममार्फत अभिनयमा डेब्यु गरेका कलाकार जीवन गिरीले फिल्ममा आफुले सक्दो मेहनत गरेको दाबी गरे ।
प्रियंका श्रेष्ठ, प्रशंसा श्रेष्ठ, राजेन्द्रबहादुर थापा, गोविन्दबहादुर थापा, अमृत थापा, सञ्चिता गुरुङ र रवि भण्डारी निर्माता रहेको फिल्ममा शिवराज कार्की कार्यकारी निर्माता छन् ।
फिल्ममा रवि गिरी, जोनीसिहं राणा, सविना केसी, उमा बेबी, दिव्यश्वर गौतम, गीता अधिकारी, जेएन घिमिरे, जीवन गिरी, श्याम केसी र सिमोन दाहालको अभिनय रहेको छ ।
सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको फिल्ममा अष्ट महर्जनको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कमल राईको नृत्य र शम्भु सापकोटाको छायांकन छ ।

