Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 2.67/5.00)
Text size:-
+
-

रेखाले सकिन् ‘राम प्यारी’ (फोटो फिचर)

फिल्मीखबर, काठमाडौं, 2015/10/16

रेखा थापाको फिल्म ‘राम प्यारी’ को सम्पूर्ण छायाँकन सकिएको छ । रेखाले आफ्नो फिल्मको छायाँकन असोज १ गते विश्वकर्मा पूजाको दिन बाट सुरु गरेकी थिइन् । छायाँकनको अन्तिम दिन असोज २८ मा पनि विश्वकर्माको गीत नै खिचियो । रेखा थापा, आभाष अधिकारी र आश्मा डिसीको टेक लिदैं बुढानिलकण्ठ स्थित मह स्टुडियोमा ‘राम प्यारी’ को इन्डक्ल्याप गरिएको हो ।


सबिर श्रेष्ठले निर्देशन गरेको फिल्ममा रेखा थापा महिला टेम्पो चालकको भूमिकामा प्रस्तुत भएकी छन् । ‘राम प्यारी’ की प्रस्तुतकर्ता रेखा फिल्मको शिर्ष पात्र हुन् । उनले आफ्नो फिल्मले सम्पूर्ण मजदुरको आवाजलाई सम्बोधन गर्ने बताइन् । पेट्रोल अभावका बावजुद पनि फिल्मको सम्पूर्ण छायाँकन सकाउन सफल भएकी रेखाले भनिन्, ‘हरेक पेशा सम्मानित हुन्छन् भन्ने सन्देश मेरो फिल्मले दिन्छ ।

 

‘राम प्यारी’ पेशाको सम्मान, महिला सशक्तिकरण र मनोरञ्जनको गतिलो खुराक हो ।’ रेखाकी आफ्नै जेठी दिदीको छोरा आभाष अधिकारीले यसै फिल्मबाट रजतपटमा नायकको रुपमा डेव्यु गरेका छन् । नव नायकको प्रस्तुती बारे निर्देशक सबिर श्रेष्ठले भने, ‘हामीले कल्पना गरे भन्दा पनि धेरै राम्रो प्रस्तुती आभाषले दियो । नेपाली फिल्म र दर्शकले एउटा राम्रो नेपाली हिरो पाएको छ ।’ उसो त आभाषले पनि आफ्नो पहिलो फिल्ममा आफुले सोचे भन्दा राम्रो काम गर्न सकेको बताए ।

 

 

उनले भने, ‘पहिलो फिल्म के होला, कस्तो होला भन्ने लागेको थियो । पत्तै नपाइ फिल्मको छायाँकन सकिएछ । मेरो कामबाट टिम सुन्तुष्ट छ म यसमै खुसी छु ।’ उनले फिल्म खेल्नु पुर्व वरिष्ठ कलाकार सुनिल पोखरेल बाट अभिनयको कक्षा पनि लिएका थिए । आभाषको जोडीको रुपमा देखिएकी नायिका आश्मा डिसीले पनि आफ्नो र आभाषको जोडीलाई दर्शकले मन पराउने बताइन् ।

रेखा थापाको फिल्म ‘राम प्यारी’ आउँदो नेपाली नयाँ वर्ष ०७३ को अवसर पारेर चैत २६ गते देखि अल नेपाल प्रदर्शनमा आउनेछ । जगदिश्वेर थापाको पटकथा एंव संवाद रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन् । रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्ममा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । फिल्मको एउटा गीतमा रेखा स्वंयमले संगीत भरेकी छन् ।

तस्बिरहरु ः उत्सब रसाईली

Most Visited News (monthly)