फिल्म गाजलु छायांकनमा नजादै चर्चामा छ । चर्चित निर्देशक हेमराज वीसीको निर्देशनमा बन्न लागेको यो फिल्मलाई रोहित अधिकारीले निर्माण गर्दैछन् । हेमराजले रोहितसँग सहकार्य गर्दै यसमा लगानी पनि गर्नेछन् । यो फिल्ममा कलाकारदेखि प्राविधिकसम्मको यस्तो जमघट छ, जो फिल्म क्षेत्रमा महंगा छन् ।
अभिनेता अनमोल केसीले फिल्मका लागि महंगो पारिश्रमिक लिएका छन् । हेमराज वीसीको निकट र मनपर्ने कलाकारको रुपमा चिनिने अनमोलले उनकै फिल्ममा यती महंगो पारिश्रमिक लिन्छन् भनेर पत्याउन गाह्रो पर्ने वुझिएको छ । तर, उनले लिएको पारिश्रमिक खुलाइएको छैन । पूर्व मिस नेपाल तथा चर्चित मोडल श्रृष्टी श्रेष्ठले पनि चर्चित अभिनेत्रीले लिने भन्दा धेरै पारिश्रमिक लिएकी छिन् ।
फिल्ममा सुरेन्द्र पौडेल जस्ता चर्चित र महंग सम्पादक, अहिलेका सर्वाधिक चर्चित छायांकार शैलेन्द्र ध्वज कार्की पनि छन् । साथमा गौरव पहारी, सलोन बस्नेत लगायतका कलाकारले पनि फिल्ममा काम गर्नेछन् ।फिल्म गाजलुको कथावस्तुमा हेमराजले खुबै मिहिनेत गरेका छन् । कात्तिकबाट छायांकनमा जाने भनिएपनि अब यो फिल्मको छायांकन केही पछि सरेको छ ।

