Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15937 - 15942 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-08-11, मंगलवार

फिल्म तथा टेलि सिरियल दुनियाँमा यति लामो समय बिताइसक्दा पनि अभिनेत्री तथा निर्मात्री दीपाश्री निरौला ढुक्क हुन सकेकी छैनन् । यसमाथि पहिलो फिल्म ‘छ एकान छ’ निर्माण गरेर सफल भैसकेकी दीपाको मन अझै स्थिर छैन ।

फिल्मीखबर, काठमाडौं, 2015-08-11, मंगलवार

निर्माता छविराज ओझाले निर्माण गर्न लागेको फिल्म ‘किस्मत २’ मा अभिनेत्री शिल्पा पोख्रेल नै मुख्य अभिनेत्री हुने पक्का भएको छ । निर्माता छवि ओझाले यो कुरा पक्का भएको बताए । उनले किस्मतको सिक्वेल भएपनि कलाकार नयाँ हुने बताए ।

फिल्मीखबर, काठमाडौं, 2015-08-10, सोमवार

अभिनेत्री स्वेता खड्काले आफू फिल्म क्षेत्रमा फेरि फर्कन चाहेको खुलाएकी छिन् । श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै स्वेताले आफूलाई हिम्मतको आवश्यकता भएको र हिम्मत पाएको खण्डमा यो क्षेत्रमा फर्कने बताइन् । उनले २ बर्ष भित्र नयाँ फिल्म लिएर यो क्षेत्रमा आउन लागेको कार्यक्रममा जानकारी गराइयो ।आँखाभरी आशु बनाउँदै भावुक मुद्रामा आफ्नो मन्तव्य राखेकी स्वेताले दुखमा साथ दिने सबैलाई धन्यवाद दिइन् ।

एजेन्सी, मुम्बई, 2015-08-10, सोमवार

उनका समकक्षी धेरै हिरोहरु भिलेन बनेका छन् । आमिर शाहरुख, अक्षय सबैले पर्दामा भिलेन बन्ने अभिलाषा पूरा गरेका छन् । आमिरले धूम ३मा नेगेटिभ सेड भएको भूमिका निर्वाह गरेका थिए भने शाहरुखले बाजिगर, डर, डुप्लिकेट जस्ता फिल्ममा नेगेटिभ भूमिका निर्वाह गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-08-10, सोमवार

आफूले अहिलेसम्म काम गरेका फिल्म मध्ये सबैभन्दा उत्कृष्ट फिल्म ‘लभ सब’ भएको भन्दै अभिनेता सलोन बस्नेत मोफसल पुगेका छन् । मोफसलका विभिन्न स्थानमा उनले फिल्मको प्रचार गरे ।

फिल्मीखबर, काठमाडौं, 2015-08-09, आईतवार

यो बर्ष सपनाको मुलुक भनिने अमेरिकामा धेरै कलाकार पुगे । ग्लोब फिल्म फेस्टिबलमा सहभागी हुन धेरै कलाकार अमेरिका पुगेका छन् । तर, यही फेस्टिबलका लागि अमेरिकाले केही कलाकारलाई भने सही ठानेन ।

Results : 15937 - 15942 of 24018