Most Recent News Headlines
Results : 15943 - 15948 of 24018

फिल्मीखबर, काठमाडौं, 2015-08-09, आईतवार
बलिउड अभिनेता रणवीर कपुर निरन्तर असफल फिल्मले तनावमा छन् । अब, उनलाई निर्देशक इम्तियाज अलीको फिल्म ‘तमाशा’बाट मा आश छ । यसैले पनि यो फिल्मलाई स्तरिय बनाउन एक बर्ष लगाएर छायांकन गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-08-09, आईतवार
फिल्म सुब्बा साबको शुभसाइत गरिएको छ । राजु अधिकारीको निर्देशनमा बन्न लागेको यो फिल्ममा अभिनेता सरोज खनाल शिर्ष भूमिकामा देखिन लागेका छन् । अभिनेता खनालले आफूलाई विश्वास गरेकोमा फिल्मका निर्माता, निर्देशक र कलाकारलाई धन्यवाद दिए । उनले आफू अमेरिका पुगेपछि हलमा जान छाडेका दर्शकलाई हलसम्म तान्न यो फिल्मले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2015-08-07, शुक्रवार
बलिउडमा अब कलाकारले नै फिल्मको गीतमा आवाज भर्नु नौलो कुरा रहेन । अमिताभ बच्चन, अक्षय कुमारदेखि प्रियंका चोपडा, श्रद्धा कपुर, आलिया भट्ट लगायतका कलाकारले फिल्मको गीतमा आवाज भरिसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-08-07, शुक्रवार
अभिनेता अनमोल केसीको डिमाण्ड त नेपाली फिल्मी बजारमा बढेको छ । तर, अनमोललाई फिल्म खेलाउन सजिलो छैन । अनमोलको हातमा थुप्रै स्क्रिप्ट छन् । तर, उनी काम गरि हाल्दैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-08-07, शुक्रवार
फिल्म ‘वडा नं ६’ मा समावेश नयाँ गीत रिलिज भएको छ । ‘वाहियात छ तिम्रो लभ स्टोरी’ पछि ‘सुर्के थैली खै’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा स्वर, शब्द र सङ्गीत राजनराज शिवाकोटीको छ ।

फिल्मीखबर, लण्डन, 2015-08-06, बिहिवार
झण्डै दुई साताअघि बेलायतमै प्रिमियर गरिएको नेपाली फिल्म 'रातो घर' अहिले यूकेका विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको छ । निकेश लिम्बुको निर्माणमा सुरज सुब्बा नाल्बोले निर्देशन गरेको यो फिल्मले यूकेका दर्शकमाझ गतिलो प्रशंसा बटुलिरहेको छ ।
Most Visited News (monthly)

