Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लौ हेर्नुस् `बाटोमुनिको फूल २`को सांगीतिक ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2015/10/16
अभिनेता तथा गायक यश कुमारले निर्माण गरेको फिल्म 'बाटोमुनिको फूल'ले निकै चर्चा पायो । जातिय छुवाछुतको कथा उठाएको उक्त फिल्मबाट पाएको मायाले गर्दा यश कुमारले त्यसको सिक्वेल पनि बनाएका छन् ।
 
सुवर्ण थापाले निर्देशन गरेको 'बाटोमुनिको फूल २' रिलिजको लागि अन्तिम तयारीमा छ । आउँदो नोभेम्बरमा अष्ट्रेलियामा प्रिमियर गर्ने तयारीका साथ निर्माण युनिटले साँगीतिक ट्रेलर रिलिज गरेको छ । फिल्मको प्रस्तुत गीतमा जलजला परियारको स्वर सुन्न सकिन्छ ।
 
जातीय छुवाछूतको मुद्दा र मायापिरतीका कुरालाई प्रस्तुत गरेर निर्माण गरिएको 'बाटोमुनिको फूल २'मा यश कुमार, दिलीप रायमाझी, अर्पण थापा, ऋचा शर्मा, रिमा विश्वकर्मा, अशिष्मा नकर्मी, बाबु बोगटी, गणेश उप्रेती, शुभद्रा अधिकारी, टीका पहाडी, लगायतको अभिनय छ । 
 

Most Visited News (monthly)