
हाल अमेरिकामा रहेका अभिनेता निरज बराललाई पुत्र लाभ भएको छ । फेसबुक मार्फत उनले छोराको परिचय गराउदै फोटो सार्वजनिक गरेपश्चात पुत्र लाभ भएको खुलेको हो ।

बलिउड अभिनेता कुनाल कपुर भ्रमणको लागि नेपालमा छन् । तीन दिने भ्रमणमा आएका कुनाल मंगलबार नेपाल झरेका हुन् । उनी तीन दिन नेपाल बस्ने कार्यक्रम रहेको छ । कुनाल बिहीबार भारत फर्कने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

हालसम्म कुनै पनि दृश्य सार्वजनिक नगरिएको फिल्म ‘बागमती’को छायांकनका क्रममा खिचिएका केही तस्बिर सार्वजनिक गरिएको छ । सार्वजनिक तस्बिरका अनुसार फिल्ममा मुख्य अभिनेताद्धय राजेश हमाल र शिव श्रेष्ठ विच भिडन्त पर्ने देखिएको छ । फिल्ममा अभिनेत्री केकी अधिकारी नक्कली कपालमा देखिएकी छिन् । उनको भूमिका गेटअपले मात्र खुलेको छैन ।

बलिउडका चर्चित अभिनेता सलमान खान आफ्नै होम प्रोडक्शनको निर्माणमा तयार भएको फिल्म ‘हिरो’को प्रचारमा व्यस्त छन् । यो फिल्मबाट उनले बलिउडका कुनै समयमा चर्चित अभिनेता सुनिल सेट्टीकी छोरी अतिया सेट्टीलाई भित्राएका छन् ।


गुरुङ फिल्म एशोसियसन (जिफान) कास्कीको अधिवेशनमा खाना खाईसकेपछि ५२ जना गुरुङ कलाकर्मीहरु विरामी भएका छन् । उनीहरुको अहिले पोखरा र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

