Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

३ करोड ग्रस नजिक ‘परदेशी’

फिल्मीखबर, काठमाडौं, 2015/11/02

सबैलाई आश्चर्यमा पार्दै ‘परदेशी’ले व्यापारमा नयाँ रेकर्ड राखेको छ । प्रशान्त तामाङ, रजनी केसीको मुख्य भूमिका रहेको फिल्मले प्रदर्शनको २ साता पुरा गर्दै गर्दा ३ करोडको ग्रस कारोबार गरेको निर्माता राजेश वंशलले जानकारी दिए । कात्तिक ३ गते फूलपातीबाट यो  फिल्म हलमा लागेको थियो । फिल्मले गत शनिबार मात्र २० लाख ग्रस गरेर थप कमाईको संकेत गरेको हो ।


फिल्मले अन्य ३ फिल्मसँग भिडन्त गर्नुपरेको थियो । तर, ३ वटा फिल्मलाई पछाडि छाड्दैै ‘परदेशी’ एक्लै अगाडि बढेको हो । नारायण रायमाझीको निर्देशनमा बनेको यो फिल्मले विदेश जाने र त्यहाँ गएर दुख पाउने नेपालीहरुको कथालाइ उठाएको छ ।विषयसँग दर्शकको ‘एसोसिएसन’ सफलताको कारक मानिएको छ । प्रस्तुति उति उम्दा नभएपनि वैदेसिक रोजगारका बाध्यता र परिणामको बारेमा बनेको फिल्मलाई कथा अनुरुपको संगीतले सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

 

‘परदेशी’को सफलताले निर्माताहरुमा भने एक प्रकारको अन्योलता थपिदिएको छ । गाउँको कथा छाडेका निर्माता गाउँले कथाको सफलताले अगाडि बढ्ने कि पछि फर्कने दोधारमा छन् ।  नेपाली फिल्मको भिडन्त हुँदा अर्कोलाई गाह्रो हुन्छ भन्ने कुरालाई यो फिल्मले गलत सावित गरिदिएको छ । फिल्मको यो व्यापारको छनकले तिहारसम्म पनि यसले हल नछाड्ने देखिएको छ । यसअघि राजेश वंशल र नारायण रायमाझीले फिल्म ‘गोर्खापल्टन’ बनाएर सफलता हात पारेका थिए ।

Most Visited News (monthly)