Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जन्मदिनमा फ्यानलाई साहरुखको ‘फ्यान’ उपहार

एजेन्सी, मुम्बई, 2015/11/02

बलिउड अभिनेता साहरुख खानले आफ्नो ५० औं जन्मदिनको अवसरमा आफ्नो फ्यानलाई फ्यान उपहार दिएका छन् । सन् २०१६ अप्रिल १५ मा प्रदर्शनमा आउन लागेको फिल्म फ्यानको टिजर साहरुखले जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् ।


आइतबार बेलुकीदेखि नै साहरुखको घर अगाडि फ्यानको भिड लागेको थियो । साहरुखले मध्यरातमा घर बाहिर आएर फ्यानलाई अभिवादन गरेका थिए ।मनिष शर्माको निर्देशनमा यश राज ब्यानरले निर्माण गरेको फ्यानको दोश्रो टिजर साहरुखले फ्यानलाई उपहार स्वरुप सार्वजनिक गरेका हुन् । फिल्ममा साहरुख स्टार र फ्यान दुबैको भूमिकामा देखिएका छन् । तर, साहरुखको फ्यान अवतारलाई रुचाइएको छ ।

गौरवको भूमिकामा देखिएका  साहरुखलाई भर्खरैको देखाइएको छ भने केही भिन्न पनि देखाइएको छ ।दिल्लीमा सन् १९६५ मा जन्मिएका साहरुख एक सामान्य परिवारमा हुर्केका थिए । १५ बर्षको उमेरमा बाबु र २५ बर्षको उमेरमा उनको आमाको निधन भएको थियो । बलिउडमा आउनु अघि नै बिहे गरेका साहरुख अन्तत किंग अफ रोमान्सका रुपमा चिनिए ।साहरुख विश्वकै दोश्रो धनी कलाकार पनि हुन् । उनीसँग ६ सय करोड डलर सम्पत्ति रहेको स्रोतको दाबी छ ।

Most Visited News (monthly)