
अभिनेता नरेन खड्काले अभिनय गरेको फिल्म ‘हमेशा’ र ‘परदेशी’ले राम्रो व्यापार गरे । नरेन ‘हमेशा’ ’बाट नै फिल्म क्षेत्रमा भित्रिएका हुन् । उनले अभिनय गरेको दुबै फिल्म हिट हुदा पनि नरेन भने असफल छन् । उनलाई फिल्म क्षेत्रदेखि दर्शकले खासै नोटिस गरेका छैनन् । फिल्म ‘हमेशा’ हिट हुदा अभिनेत्री रेखा थापाको मात्र नाम आयो, नरेन हराए ।

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री आलिया भट्ट गहिरो प्रेममा छन् । तर, यो जोडी मिडियाको सामु आफ्नो प्रेम लुकाउन लागिपरेको छ ।मुम्बइमा आयोजित एक फिल्म फेस्टिबलमा पुगेको यो जोडीले एक अर्कालाई देखेको नदेखै ग¥यो । कार्यक्रम अवधीभर सिद्धार्थ र आलिया एकसाथ देखिए । एकसाथ हिडे पनि, तर बोलेनन् । रोचक कुरा त के छ भने आलिया र सिद्धार्थले एक अर्कासँग चिनजान नै नभएको जस्तो व्यवहार देखाएका थिए ।

अभिनेत्री अशिष्मा नकर्मीले आइतबार बिहानै फेसबुकमा एउटा स्टाटस पोष्ट गरिन् । जसमा उनले पश्चिमा देशमा मनाइने हलोइन चाडको बिषयमा लेखेकी थिइन् । अशिष्माले नेपालीहरुमा गाइजात्रा भन्दा हलोइनको प्रभाव देखे भन्दै आफूले यसलाई कसरी लिउँ भनेर लेखेकी छिन् ।

बलिउड अहिले आउँदो डिसेम्बर १८ हुने दुई फिल्म बीचको भिडन्तका कारण तातिएको छ । डिसेम्बर १८मा वर्षकै दुई ठूला निर्माता निर्देशकको भिडन्त हुने भएपछि सबैको ध्यान त्यता तानिएको हो । सो मितिमा शाहरुख खान काजोलको अभिनय र रोहित शेठ्ठीको निर्देशन रहेको ‘दिलवाले’ र रनवीर सिंह, प्रियंका चोपडा र दीपिका पादुकोनको अभिनय र संजय लिला भंसालीको निर्देशन रहेको ‘बाजीराव मस्तानी’ प्रदर्शन हुँदैछन् ।

नेपालमा हिटको व्यापार गरेको फिल्म ‘लबसब’ अब अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । फिल्म आउँदो डिसम्बेर ७ का दिन सिड्नीमा प्रदर्शन हुन लागेको निर्माता सुशील पोखरेलले जानकारी गराए । सिड्नीबाट सुरु भएको विदेश यात्रा मेलबर्न, एडिलेड, क्यानबेरा हुँदै न्युजिल्याण्ड, कतार, डेनमार्क, फिनल्याण्ड, , जापान लगायत देशमा पनि प्रदर्शन हुने निर्माता पोखरेलले बताए ।

अभिनेता दीपक राज गिरीले मधेशी नेता उपेन्द्र यादवलाई फेसबुकबाट चिठ्ठी लेख्दै धोती हैन आफूलाई सिरक मान्न आग्रह गरेका छन् । उनले लेखेका छन्,‘आदरण्ीाय उपेन्द्र यादवजी तपाइँले भन्नु भएछ, हामीलाइ ८ जिल्लाको लगौटी होइन २२ जिल्लाको धोती चाहियो ! हुन त तपाइँ मभन्दा धेरै बौद्धिक मान्छे । म त सामान्य कलाकार मात्रै हूँ, तर तपाइँको भनाईमा तपाइँ कहाँ चुक्नु भयो भने २२ जिल्लाको धोती मात्रै होइन ७५ जिल्लाको सिरक नै तपाइँकै होइन र ?

