Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी कबड्डी’ विरुद्ध ‘जाउँ हिड पोखरा’ : फिल्म राजनीतिको नयाँ परिदृश्य

फिल्मीखबर, काठमाडौं, 2015/11/02

मंसिर ११ गते फिल्म ‘कबड्डी कबड्डी’ मात्र हलमा लाग्ने कुरा थियो । तर, एकाएक बारम्बार प्रदर्शन मिति सर्दै आएको फिल्म ‘जाउँ हिड पोखरा’ पनि यही मितिमा आउने भएको छ । शोभित बस्नेतको निर्देशनमा बनेको यो फिल्म निर्माण भएको ४ बर्ष भन्दा बढी भैसकेको छ । फिल्ममा जीवन लुइटेल र रेखा थापा मुख्य भूमिकामा छन् ।


फिल्मको प्रदर्शन मिति एकाएक मंसिर ११ गते तोकिएपछि सबै अचम्मित छन् । अझ रोचक के छ भने यो फिल्मले ८० वटा हल पाउनेछ । निर्देशक बस्नेतले यो कुराको  जानकारी दिएका छन् ।फिल्म ‘कबड्डी कबड्डी’लाई काठमाण्डौ बाहिर एफडी कम्पनीले वितरण गर्ने कुरा थियो । तर, काठमाण्डौ बाहिरका केही मल्टिप्लेक्सका संचालकहरुले एफडीको भन्दा धेरै रकम फिल्मलाई दिएपछि ‘कबड्डी कबड्डी’ निर्माता निर्देशक एफडीसँगको कुरा नटुंगिदै उनीहरुसँग सम्झौता गर्न पुगे ।

 

स्रोतका अनुसार सो वितरकहरुको समूहले ‘कबड्डी कबड्डी’लाई ३२ लाखमा उपत्यका बाहिर एमीजी गरेको हो । जबकी एफडीले २७ लाख दिने प्रस्ताव गरेको थियो । एफडीको भन्दा ५ लाख बढी पाउने भएपछि ‘कबड्डी कबड्डी’ निर्माताले एफडीको सम्झौतामा कुनै रुची देखाएनन् । ‘कबड्डी कबड्डी’ आफ्नो हातमा नआएपछि एफडी कम्पनीले शोभितको फिल्म ल्याउने निर्णय गरेको हो ।

 

‘कबड्डी कबड्डी’ लाई कम भन्दा कम हल दिएर व्यापारिक रुपमा असफल बनाउन पूराना सबै वितरकहरुले हातेमालो गरेको स्रोतले बतायो । यदि नयाँ वितरकले ‘कबड्डी कबड्डी’बाट फाइदा लिएमा अरु फिल्म पनि खुस्कने डरले सबै वितरक मिलेर नयाँ वितरक विरुद्ध एक जुट भएको स्रोत बताउँछ ।  काठमाण्डौ भित्र फिल्मलाई पपकर्न कम्पनीले वितरण गर्नेछ । नेपालमा फिल्म प्रदर्शनको समयमा यस्तो खेल धेरै हुने गरेको छ । ‘कबड्डी’ रिलिजको बेला पनि फिल्मले यस्तै कार्टेलिंग खेपेको थियो । ‘नोभेम्बर रेन’सँग रिलिज भएको  ‘कबड्डी’ ले अनलाइन पत्रकारबाट तिरस्कार खेपेको थियो ।दयाहाङ राई, सौगात मल्लको मुख्य भूमिका रहेको कबड्डी कबड्डीलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

Most Visited News (monthly)