Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15925 - 15930 of 24289
फिल्मीखबर, काठमाडौं, 2015-10-28, बुधवार

राजेश हमाल हमाल पछिल्लो समय पर्दामा खासै जम्न नसकेको आरोप लागिरहँदा विल्कुलै फरक परिवेश र फरक विषयबस्तुमा  हमाल ‘बाग्मती’ मार्फत पुनरागमन जनाउँदैछन् । आउँदो पौष २४ मा रिलिज हुने चलचित्रको तर्फबाट हालै सार्वजनिक केहि प्रचार सामग्रीहरुले नै ‘बाग्मती’ले हमालको पुरानो क्रेजलाई पुनः स्थापित गर्ने आँकलन सुरु भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-10-28, बुधवार

गोपिकृष्ण हल म्यानेजर तिर्थ पौडेललाई प्रहरीले हिरासतमा लिएको छ ।  उनलाई प्रहरीले मंगलबार हल परिसरबाटै समातेको हो । मंगलबार प्रहरीले गोपिकृष्ण हलमा छापा हानेको थियो ।हल परिसरमा जुवाको खेल खेलाएको भन्दै प्रहरीले तिर्थ पौडेल र उनका भतिज इश्वर पौडेललाई समातेको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-10-28, बुधवार

फिल्म ‘नागरिक’मा कलाकार सरिता गिरीले बोल्ने संवाद छ, ‘तपाई गृहमन्त्री म प्रधानमन्त्री । फिल्मको पर्दा जस्तै छ अहिलेको नेपाली राजनीति । फिल्मको पर्दामा महिला पात्रले प्रधानमन्त्री हुने हुंकार छोडिरहदा नेपालको राजनीतिमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-10-28, बुधवार

विकनी किलरको नामले परिचित फ्रान्सेली नागरिक चाल्र्स शोभराजको जीवनीमा बनेको फिल्म ‘मैं और चाल्र्स’का अभिनेता रणदीप हुडाले नेपालको केन्द्रिय कारागारमा रियलमा नै शोभराजलाई भेटेका छन्। 

एजेन्सी, मुम्बई, 2015-10-27, मंगलवार

शाहिद कपुर र आलिया भट्टको अभिनय रहेको ‘शानदार’ बेकार भएको छ । पहिलो दिन राम्रो सुरुवात गरेको फिल्मले ५ दिनमा जम्मा ३५ करोड कमाई गरेको छ । दशैंको अवसरमा बिहिबार नै रिलिज भएको फिल्मले पहिलो दिन १३ करोड कमाई गरेको थियो भने दोस्रो दिन ७ करोड । राम्रो कमाई हुने आइतबार फिल्मको कमाई ६ करोडमा सिमित भएको थियो । सोमबार कमाई २ करोडमा झरेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-10-27, मंगलवार

हुन त अभिनेता आर्यन सिग्देललाई रेखा थापा बाहेक अरु खासै फापेका थिएनन् । आर्यनको जीवनका केही हिट फिल्ममा रेखा अपोजिटमा छिन् । रेखासँग झगडा परेपछि आर्यन लामो समय हिट फिल्म बिहिन रहे । पछिल्ला वर्षमा त आर्यनले अपेक्षा गरेका फिल्मले नराम्रो झड्का दिएका छन् । यस्तोमा अझ दशैंको समयमा रिलिज भएका आर्यनका फिल्मको व्यापार त झनै चौपट भएका उदाहरण छन् ।

Results : 15925 - 15930 of 24289