नेपाली सिनेमाको एक समय थियो , अधिकांश चलचित्रहरुमा नायक राजेश हमाल र नायिका जल शाह जोडीका रुपमा देखिन्थे । अभिनयमा निकै नै अब्बल मानिएकी जल र चल्तिका नायक राजेशको जोडी निकै हिट नै थियो । यतीसम्म कि राजेश र जल विवाह गर्दैछन भन्ने समेत हल्ला तत्कालिन सिने बजारमा ब्याप्त थियो । तर सबै गसिपहरु लाई झुठो साबित गर्दै जलले अमेरिकि एन आर एन सरत रिमालसँग लगन गाठो कसिन भने , राजेशले पनि मधु भट्टराईसँग बिहे गरे ।
हाल दुबै जना सुखद दाम्पत्य जीवन बिताइरहेका छन । यसरी एक समय नेपाली रजतपटमा चर्चित राजेश र जल केही बर्ष पछी फेरी सँगै देखिएका छन । तर यती बेला भने उनिहरु कुनै फिल्ममा होइन एउटा सास्कृतिक कार्य्रक्रमकालागि एक साथ देखिएका हुन । केही साता अघी मात्र अमेरिकाबाट फर्किएका महानायक हमाल यसै साता फेरी अमेरिका उडेका छन । सुत्रका अनुसार जलको निम्तोमा नै राजेश यती छिट्टै पुन अमेरिका पुगेका हुन ।
नोभेम्बर १ मा अमेरिका को साल्ट लेक सिटी मा हुन लागेको 'रमाइलो साँझ' मा राजेश र जलको प्रस्तुती रहनेछ । हमालको साथमा दिलिप रायमाझी , राम कृष्ण ढकाल , यम बराल , अरुणिमा लम्साल , निर्देशक सुरेस दर्पण पोखरेल , गायिका निशा सुनार , संगिता थापा मगर , कोरियोग्राफर नबिन के सि , लुना श्रेष्ठ लगायतको यो कार्य्रक्रममा प्रस्तुती रहनेछ ।
जलकि छोरी पनि अभिनय मा !
अभिनेत्री जल शाहकि सात बर्सिय छोरी कलश रिमालको पनि अभिनयमोह देखिएको छ । युटामा हुन लागेको रमाइलो साझ कार्य्रक्रममा जल कि छोरी कलशले ' गैरी खेतको सिरै हान्यो ' बोलको गीतमा प्रस्तुती गर्दैछिन । यसैबीच निर्देशक सुरेश दर्पण पोखरेलले आफ्नो फेसबूक मार्फत कलश र आफ्नो एउटा डब्स् म्याश सार्वजनिक गरेका छन । फिल्म कुसुमे रुमालको सुन भनन ... बोलको गीतमा गरिएको यो डब्स म्यासमा कलश निकै क्युट र राम्री देखिएकी छिन् भने उनको प्रस्तुतीलाई धेरैले मन पराएका छन् । के जल कि छोरी कलशले आमाको बिडो थाम्लिन त ?