अभिनेता जीवन लुईंटेललाई पर्दामा कि त लभर व्याय कि त एक्सन हिरोको रूपमा दर्शकले देख्दै आएका छन् । माघ १ गते रिलिज हुने भनिएको फिल्म 'काफल पाक्यो'मा भने जीवन कमेडी हिरोको रूपमा देखिने छन् ।
साबित्री खत्रीले निर्देशन गरेको फिल्म 'काफल पाक्यो' जीवनका लागि बिशेष छ । अहिलेसम्म नगरेको कमेडी ब्राम्हणको भूमिका निर्वाह गरेर दर्शकलाई हँसाउन जीवन आउँदै छन् । केही महिना अगाडी रिलिज भएको फिल्मको प्रोमोले पनि जीवनको कमेडी भूमिकालाई झल्काई सकेको छ ।
हाल अमेरिकामा रहेका यिनै जीवन अभिनित 'काफल पाक्यो'को आईटम गीत सार्वजनिक गरिएको छ । केही दिन अगाडी मात्र सार्वजनिक गरिएको उक्त गीतमा जीवनसँगै फिल्मकी मुख्य पात्र बर्षा राउतले कम्मर मर्काएकी छिन् ।
बिकास चौधरीको संगीत रहेको प्रस्तुत गीतमा प्रल्हाद तिमल्सिना, आस्था राउत र गिरिश खतिवडाको स्वर सुन्न सकिन्छ भने करियोग्राफी कविराज गहतराजले गरेका छन् ।

