मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

‘लुटेरा’ हेर्न हलमा भीड

फिल्मीखबर, काठमाडौं, 2015/11/11

बिहानी शोमा नै काठमाण्डौको गोपिकृष्ण हल पुगेका अभिनेता निखिल उप्रेती, अभिनेत्री निशा अधिकारी दंग देखिए । हलमा देखिएको दर्शकको भिडले उनीहरुलाई आफ्नो काम सफल भएको महशुश भयो । गोपाल कायस्थको प्रस्तुती रहेको  फिल्म लुटेरा आजबाट देशभर प्रदर्शनमा आएको छ । गोपालकै भनाई मान्ने हो भने पनि यो फिल्म ८० वटा हलमा रिलिज भएको छ ।


दयाराम दाहालले निर्देशन गरेको द्धन्द्धप्रधान यो फिल्ममा निखिल उप्रेती, सविन श्रेष्ठ, निशा अधिकारी, हर्षिका श्रेष्ठ मुख्य कलाकारमा छन् । तर, निर्माताले निखिललाई नै हाइटलाइट गरेका छन् । भैरव फिल्म पछि सफलता दोहो¥याएर निखिल आफ्नो स्टारडम जिवितै रहेको देखाउन चाहन्छन् ।


अभिनेत्री निशा अधिकारीका फिल्मले पनि राम्रो व्यापार गरेका छैनन् । फिल्मी करिअर असफलतातर्फ दौडिरहेको समयमा निशाका लागि लुटेराको व्यापार अर्थपूर्ण छ । यसैले उनी बिहानै निखिलको साथमा हलमा देखिएकी हुन् । निखिल र निशासँग दर्शकले तस्बिर खिचाए र फिल्म हेरे ।कात्तिक ३ गते मंगलबार नयाँ फिल्म लागेपछि करिब २० दिन दर्शकले नेपाली फिल्मको स्वाद चाख्न पाएका थिएनन् । यसकारण पनि यो फिल्म हेर्न दर्शक हलमा आउने संभाबना बलियो छ । फिल्मको इनिसियल व्यापार आक्रामक हुने संकेत देखिएको छ ।