Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

जीवन शरणार्थीका क्रान्तिकारी नेता

फिल्मीखबर, काठमाडौं, 2015/11/11

अभिनेता जीवन लुइटेल अहिले अमेरिकामा छन् । फिल्म हिट नभएपनि फिल्मको कमी त थिएन उनलाई त्यही पनि भविष्य सोचेर होला उनी अमेरिकामा ग्रिन कार्डको जोहो गर्न लागेका छन् ।  उनी अमेरिकामा रहेपनि उनले अभिनय गरेका फिल्म भने निरन्तर हलमा लागिरहेका छन् ।

जीवनले अभिनय गरेको फिल्म ‘रिफ्युजी’ माघ १५ गतेबाट प्रदर्शनमा आउने भएको छ । उदय सुब्बाको कथा तथा निर्देशनमा तयार भएको यो फिल्ममा जीवनको साथमा रिस्ता बस्नेत, विपना बस्नेत, अशोक शर्मा, निर शाह मुख्य भूमिकामा छन् ।फिल्म भित्र राजु किरातीको द्धन्द्ध निर्देशन, दिनेश पाख्रिनको नृत्य निर्देशन, विकास चौधरीको संगीत, सौरभ लामाको छायांकन, तारा थापाको सम्पादन छ ।

फिल्ममा मनोज राइ र दिपेश सुब्बाले पैसा लगानी गरेका हुन् ।फिल्मको ट्रेलरमा एक भुटानी शरणार्थीले भोगेका पीडा र उसले आफ्नै देश फर्कन चाहेको कथालाई उठान गरिएको छ । फिल्ममा जीवन लुईंटेलको भूमिका शरणार्थी नेता टेकनाथ रिजालबाट प्रभावित रहेको अनुमान गर्न सकिन्छ ।

Most Visited News (monthly)