मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

१३ बर्षपछि जलले लगाइन दिलिपलाई भाइटिका

फिल्मीखबर, काठमाडौं, 2015/11/14

सिनेमाको पर्दामा एक अर्काको जोडीका रुपमा थुप्रै चलचित्रमा देखिएका नायक दिलिप रायमाझी र नायिका जल शाह वास्तविक जीवनमा दाजु बहिनी हुन भन्ने सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर दिलिपले जललाई १३ बर्ष अगाडि बहिनी मान्दै भाई टिका लगाएका हुन ।

 

तर सत्य यही नै हो दिलिप र जल शाह बीच दाजु बहिनीको सम्बन्ध छ । तर उनीहरुको यो सम्बन्ध रगतको भने होइन, भावनाको हो । दिलिपले जललाई १३ बर्ष अगाडि बहिनी मान्दै भाइ टिका लगाएका थिए । कार्य्रक्रमको सिलसिलामा १३ बर्ष अगाडि तिहारमा कतार पुग्दा उनीहरुले एक अर्कालाई दाजु बहिनीको रुपमा टिका लगाएका हुन । बिगत १० बर्षदेखी जल अमेरिकामा रहेका कारण उनीहरुले फेरी तिहारमा टिका लगाउन पाएका थिएनन् ।

तर बिगत केही समयदेखि दिलिपपनि अमेरिकामै रहेका कारण यो पटकको तिहारमा भने उनीहरुको निधार खाली हुन पाएन । अमेरिकाको युटाहामा बस्दै आएकी जल र बाल्टिमोरमा बस्ने दिलिपको भाइटिका भने न्युयोर्कमा रहेकी गायिका निशा सुनारकोमा भएको थियो । सोही अवसरमा जलले नायक बिक्रान्त बस्नेतलाई पनि भाइटिका लगाईदिएकी थिइन्  भने गायिका निशा सुनारले गायक सुमन बुडामगरलाई टिका लगाएकी थिइन ।