Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कति कमाई गर्न सक्छ सलमानको फिल्मले ?

एजेन्सी, मुम्बई, 2015/11/10

फिल्म रिलिज हुन दुई दिन मात्र बाँकी छ तर सलमान खान अभिनित ‘प्रेम रतन धन पायो’को कमाईका  बारेमा अनुमानको खेति सुरु भईसकेको छ । अघिल्ला वर्षमा हल्का फुल्का कमेडी र एक्सन फिल्म खेलेर पनि धडाधड सय करोड क्लब प्रवेश गराएका सलमानको छवि ‘बजरंगी भाइजन’ले फेरि दिएको छ ।

 

गम्भिर भूमिकामा सलमानको अभिनयले धेरैले मन छोएको थियो त्यही भएर फिल्मले बलिउड फिल्म मध्ये वल्र्डवाइड कलेक्सनमा दोस्रो स्थान जमाएको छ । सलमान आमिर खान छन् जसको फिल्म ‘पिके’ ७ सय करोड कमाएर पहिलो स्थानमा छ । ‘बजंरगी भाइजान’ले ६ सय करोड हाराहारी कमाईगरेको थियो ।


‘प्रेम रतन धन पायो’मा फेरि एक पटक सलमानलाई उस्तै सादा भूमिकामा देख्न सकिन्छ । त्यसमाथि राजश्री ब्यानर र निर्देशकका कारण पनि फिल्म प्रतिक्षाको सूचीमा छ । ५ दिन अघि नै भारतमा फिल्मको बुकिङ खुलिसकेको छ र ४० प्रतिशत सम्म बुकिङ भईसकेको छ । यस हिसाबले सलमानको फिल्मले पहिलो दिनमा ७० देखि ८० प्रतिशत सम्मको अकुपेन्सी सहित पहिलो दिन ४० करोड सम्म कमाई गर्न सक्ने पण्डितहरुको अनुमान छ ।

 

त्यसैगरी यदि फिल्मले समिक्षक तथा दर्शकबाट राम्रो रिभ्यु पाएमा आइतबार ३५ करोड सम्मको व्यापार गर्ने अनुमान उनीहरुको छ । यस हिसाबले फिल्मले पहिलो तिन दिनमै सय करोड कमाउने छ ।६० करोड सुटिङ र २० करोड प्रंचार प्रसारमा खर्च गरेका फिल्मको ७० प्रतिशत लगानी भने पहिलै नै उठिसकेको छ । फिल्मको संगीत र स्याटालाइट अधिकारबाट मात्र निर्माताले ५७ करोड हात पारिसकेका छन् ।फिल्मले लाइफटाइम कलेक्सनमा पनि ‘पिके’ र ‘बजरंगी भाइजान’लाई टक्कर दिने अनुमान गरिएको छ । तर सबै कुरा पहिला तीन दिनले बताउनेछ ।

Most Visited News (monthly)