बलिउडका चर्चित अभिनेता सन्नी देओलले आफ्नो सुपरहिट फिल्म ‘घायल’को सिक्वेल तयार पारेका छन् । ‘घायल वन्स एगेन’ नाममा बनेको फिल्म सन् २०१६ को जनवरीमा प्रदर्शनमा आउँदैछ । सन्नीलाई घायलको सिक्वेल बनाएसँगै आफ्ना हिट फिल्मको सिक्वेल बनाउने सोच पलाएको छ ।
द्धन्द्धप्रधान फिल्मका लागि कुनै बेला सन्नी खुबै हिट थिए । तर, अहिले सन्नीको चर्चा पहिलेको जस्तो छैन । तर, पनि सिक्वेलको माग बलिउड बजारमा पनि गर्माउदा सन्नीले यतातर्फ ध्यान मोडेका हुन् । सन्नीले अब अपाm्नो हिट फिल्म ‘दामिनी’ र ‘अर्जुन’को पनि सिक्वेल बनाउने तयारी थालेका छन् ।
यसका लागि सन्नी गृहकार्यमा जुटिसकेका छन् । सन्नीले बलिउडमा थुप्रै हिट फिल्म दिएका छन् । तर, ‘अर्जुन’ र ‘दामिनी’मा उनले निर्वाह गरेको भूमिकालाई अझै पनि दर्शकले संम्झिएका छन् । यसैले पनि उनी यी दुई फिल्मको सिक्वेल बनाउने तयारीमा लागेका हुन् ।

