अभिनेता निखिल उप्रेती अब राजनीतिक बिषयवस्तुमा बन्न लागेको फिल्ममा देखिने भएका छन् । छठ पर्वको अवसरमा केही दृश्य खिच्नका लागि फिल्म ‘संरक्षण’को टिम विरगञ्ज पुगेको छ । फिल्मको छायांकन सुरु नभएपनि छठका केही दृश्य मात्र खिचिएको हो ।
नरेन्द्र महर्जन, प्रदिप उदयले मिलेर बनाउन लागेको यो फिल्मले ५ वटा पीलाई मुख्य बिषय बनाएको छ । पावर, पोलिटिक्स, प्रेस, पब्लिक र पुलिसको वरिपरी रहेर यो फिल्म बन्न लागेको हो । फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी मुख्य भूमिकामा देखिदैछन् ।
पुर्णनेन्दु प्रोडक्शनको ब्यानरमा तयार हुन लागेको यो फिल्मलाई पुर्णेेन्द्रु झाले निर्देशन गर्दैछन् । देशको समसामयिक राजनीतिक बिषयमा यो फिल्म बन्न लागेको हो ।फिल्म अधकट्टीपछि अभिनेत्री अशिष्मा नकर्मी प्रदिप उदयको फिल्ममा दोहोरिएकी हुन् ।

