Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘चकलेट’ले बालबालिका पाल्ने सपना

फिल्मीखबर, काठमाडौं, 2015/11/16

अभिनेत्री पूजना प्रधानले निर्माण गरेको फिल्म ‘चकलेट’ मंसिर १८ गतेबाट चल्दैछ । आम फिल्मले झैं यो फिल्मले द्धन्द्ध र प्रेमको वासी कथा पस्कने छैन । सडक बालबालिकाको कथामा बनेको यो फिल्मले सन्देश दिनेछ । हाँस्य कलाकार निर्मल शर्माले पहिलो पटक निर्देशनमा हात हालेकाले पनि उनका लागि विशेष चुनौती बनेको छ यो फिल्म ।


यो फिल्मले जति कमाएपनि त्यो रकम च्यारेटीका लागि खर्च हुने भएको छ । अभिनेत्री तथा निर्मात्री पूजना प्रधानका अनुसार फिल्मबाट उठेको रकमले काठमाण्डौमा भवन र कक्षा १० सम्म ५० जना विद्यार्थीले पढ्न सक्ने स्कुल बनाइनेछ ।पूजनाले ५० जना अनाथ तथा असाहय बालबालिकालाई पढाउने, खुवाउने र पाल्ने जिम्मा लिन लागेको बताइन् ।

 

यसैले पनि फिल्म जति धेरै दर्शकले हेर्छन् त्यती नै पुण्य कामका लागि खर्च हुने पुजनाको भनाई छ ।फिल्म भित्र पूजनाको साथमा आयुष्मान घिमिरे, नम्रता झा, सुमन गैरे लगायतका कलाकारको भूमिका छ । केही बालबालिका अहिले नै पूजनाको साथमा छन् । केही बालबालिकालाई भने उनीहरुको अवस्था हेरेर राखिने पूजनाले बताइन् ।

Most Visited News (monthly)