Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आमाकै सल्लाहमा बोल्ड भएँ` : जरिन खान

एजेन्सी, मुम्बई, 2015/11/21
केहि हप्ता पहिले निकै नै कामुक दृश्यसहितको ट्रेलर रिलिज गरेर आलोचना खेपिरहेको फिल्म ‘हेट स्टोरी’को तेस्रो सिक्वेल रिलिजको लागी निर्माण टिम तयारीमा व्यस्त छ । ट्रेलरमा बोल्ड दृश्य समावेश गरेको यो फिल्म दर्शकमाझ भने डिसेम्बर ४ मा आउँदैछ । 
 
 
यो बीचमा फिल्मको बारेमा बोल्दै ट्रेलरमा निकै नै कामुक दृश्य दिएकी अभिनेत्री जरिन खानले आमाको सल्लाहमा नै यस्तो गरेको बताएकी छिन् । ‘मैले हरेक काममा आमाको सल्लाह लिन्छु, यो फिल्मको स्कृप्ट आएपछि पनि आमाकै सल्लाहमा काम गर्ने निर्णय गरें, उनले प्रश्न गर्दै थपेकी छिन्, 'आजकल प्रायः फिल्म यस्तै बन्छन् त किन आलोचना गर्नुपर्यो ?’ जरिनले घुमाउरो पाराले आमाकै सल्लाहमा बोल्ड बनेको खुलाएकी हुन् । 
 
फिल्म ‘वीर’बाट बलिउडमा डेब्यु गरेकी यी अभिनेत्रीले लामो समयपछि दोश्रो फिल्म पाएकी थिईन् । हातमा लामो समयसम्म पनि कुनै फिल्म नपरेपछि जरिन बोल्ड भएको कुरा केहि समय पहिले गसिप बजारमा आएको थियो ।
Most Visited News (monthly)