भ्यालेन्टाईन रिलिज फिल्म 'प्रेम गीत'को गीत युट्यूबको जुकबक्समा आएको छ । ८ वटा गीत समावेश जुकबक्समा माया प्रेम भाव झल्किने लोकभाकासम्मका गीत समावेश छन् ।
पछिल्लो पटक रिलिज फिल्म ‘चंखे पंखे शंखे’को टिमबाट निर्मित यो फिल्मको प्रचार अभियान थालनी गर्दै जुकबक्स सार्वजनिक गरेको निर्माण टिम बताउँछ ।
सार्वजनिक गीतहरुमा लोकगायक पशुपती शर्मादेखि स्वरुपराज आचार्य, अञ्जु पन्त, सुगम पोखरेल, सन्तोष लामा, सुभानी मोक्तान, पुर्णकला बिसीसम्मको स्वर छ । सबै गीतमा संगीत भने अर्जुन पोखरेलले दिएका छन् ।
लभस्टोरी बेसको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । फिल्ममा पूजा शर्मा र प्रदिप खड्का लिड रोलमा छन् । लगानी भने सन्तोष सेनको छ ।

