Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पालाई लाग्यो ‘फागु’, ‘लज्जा’मा देखिएको थिएन यस्तो

फिल्मीखबर, काठमाडौं, 2015/11/21

अभिनेत्री शिल्पा पोख्रेललाई अहिले ‘फागु’को लागेको छ । शिल्पा फिल्मको गीत र ट्रेलर सार्वजनिक भएसँगै यसको प्रचारमा लागिपरेकी छिन् । अनलाइनदेखि पत्रिकामा आएका हरेक समाचारलाई आफ्नो फेसबुकमा पोष्ट गर्दै शिल्पा ‘फागु’ प्रचारमा सक्रिय देखिएकी छिन् ।


उनले यसअगाडि छविराज ओझाका २ फिल्म ‘लज्जा’ र ‘हवल्दार सुन्तली’मा काम गरिसकेकी छिन् । छवि शिल्पाका लागि फिल्म क्षेत्रका गडफादर पनि हुन् । तर, शिल्पाले छविकै फिल्ममा यस्तो तनमन देखाएकी थिइनन् । शिल्पाले फिल्मको प्रचारमा सहयोग नगरेको गुनासो पनि छविले गर्ने गरेका थिए । तर, अहिले शिल्पाले ‘फागु’लाई देखाएको माया ईष्र्या लाग्दो छ ।


करिश्मा मानन्धरले बनाएको ‘फागु’लाई संझना रौनियारले निर्देशन गरेकी हुन् । संझनाका पति विकास रौनियारलाई शिल्पाले भाइटिका पनि लगाइदिएकी थिइन् ।शिल्पाका लागि ‘फागु’ विशेष पनि छ । किनकी उनमा छविकी हिरोइनको ठप्पा छ र छवि ब्यानर बाहिर उनको यो पहिलो फिल्म होसायद यही भएर होला उनी ‘फाग’ु प्रचारमा ४ महिना अगाडि देखि नै लागिपरेकी छिन् ।

Most Visited News (monthly)