अभिनेत्री पूजना प्रधान मंसिर १८ गतेबाट फिल्म ‘चलकेट’का साथमा दर्शकामाझ आउने तयारीमा छिन् । आफ्नो हट छविलाई किनारा लगाउँदै शिल्पा अहिले निर्मात्री तथा अभिनेत्री बनेकी हुन् । उनले पहिलो पटक चकलेट मार्फत नै फिल्म निर्माणमा हात हालेकी पनि हुन् ।
नेपालमा महिला निर्मात्रीको इतिहास हेर्ने हो भने केही सफल र केही असफल भएका छन् । अभिनेत्री रेखा थापा, झरना थापा फिल्म निर्माणमा सफल मानिन्छन् । अभिनेत्री ऋचा घिमिरे फिल्म निर्माणमा असफलता व्यहोरेपछि अमेरिकामा नै हराएकी छिन् । अभिनेत्री करिश्मा मानन्धर फिल्म निर्माणमा असफलता हासिल गरेपछि केही बर्ष अमेरिका बसिन् र फेरि फर्किएर ‘फागु’ निर्माण गरिन् ।
नेपालमा अभिनेत्रीहरुले निर्माणमा थोरै सफल र धेरै असफल छन् । यही सूचीमा अब पूजना पनि थपिएकी छिन् । पूजनाले बनाएको फिल्म चकलेट सामाजिक कार्यका लागि हो । यो फिल्मबाट आएको रकम अनाथ बालबालिकाका लागि भवन बनाउन प्रयोग गरिनेछ । यसैले फिल्मका निर्देशक निर्मल शर्माले पनि कुनै रकम नलिइकन फिल्ममा काम गरेको बताए ।
सडक बालबालिकाको कथामा तयार भएको यो फिल्ममा धनी र गरिबको मतान्तर पनि समावेश छ । पूजना निर्माणमा कती सफल होलिन्, फागुन १८ पछि थाहा हुनेछ ।

