मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनाथ बालबालिकाको शिक्षामा `चकलेट`

फिल्मीखबर, काठमाडौं, 2015/11/30
अभिनेत्री पूजना प्रधानले निर्माण गरेको फिल्म ‘चकलेट’ यही शुक्रबार मंसिर १८ गतेदेखि प्रदर्शनमा आउँदैछ । पूजना आँफै मुख्य भूमिकामा रहेको यो फिल्मलाई निर्मल शर्मा ‘गैंडा’ले निर्देशन गरेका हुन् ।  
 
सडकमा बस्ने बालबालिकाको बाध्यत्मक परिस्थितिलाई चित्रण गरिएको यो फिल्मको प्रदर्शनबाट उठेको रकमले ५० जना अनाथ बालबालिकाको लागि शिक्षा सेवासहितको आश्रम बनाउन खर्च गर्ने घोषणा निर्माता तथा अभिनेत्री प्रधानले घोषणा गरिन् ।
 
फिल्म प्रचारको लागि आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पूजनाले काठमाण्डौ आसपासको क्षेत्रमा जग्गा खरिद गरेर भवन बनाउने योजना रहेको बताईन् । सामाजिक कामको लागि खर्च गरीने भएकाले फिल्म हेरेर सामाजिक सेवा गर्न उनले दर्शकसँग आग्रह गरेकी छिन् ।
 
निर्देशक शर्माले एउटा राम्रो फिल्म दिने कोशिस गरेको बताए । फिल्म निर्माण गर्नु मात्र ठूलो कुरा नभई सामाजप्रति पनि जिम्मेवार हुनु ठूलो कुरा रहेको भन्दै पूजनाको अनाथ बालबालिकाप्रतिको सामाजिक भावनाको सम्मान गर्दै फिल्म हेरेर सहयोग पुर्‍याईदिन दर्शकलाई आग्रह गरे । 
 
यसै फिल्मबाट अभिनयमा होमिएका डाक्टर आयुषमान घिमिरेले पहिलो फिल्म भएकाले मनमा डर भएपनि दर्शकले मन पराउनेमा ढुक्क रहेको बताए । उनले हङकङमा भएको प्रिमियरबाट राम्रो प्रतिकृया पाएको पनि बताए । 
 
कार्यक्रममा नै बाल आश्रम बनाउनका लागि यति डेभलपमेन्ट बैंकले २५ हजार नगद सहयोग गरेको छ । यस्तै अभिनेता बनेका डाक्टर घिमिरेले कार्यक्रममा नै आफ्नो तर्फबाट नगद २५ हजार भवन निर्माणका लागि दिने बताए । निर्देशक शर्माले निर्देशन गरेवापतको सबै पारिश्रमिक आफूले भवन निर्माणका लागि दिएको पनि बताए । 
 
फिल्ममा ७ बालकलाकारहरुसहित पूजना प्रधान, आयुष्मान घिमिरे, अनुज शाक्य, सुमन गैरे, सुनिता ठाकुर, नम्रता झा, केशब भट्टराई, कमल मैनालीको अभिनय रहेको छ । फिल्ममा प्रीतिमाया गुरुङ, खुसी गुरूङको पनि लगानी छ ।