मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`पशुपति प्रसाद`सँग भिड्ने भो `कैफियत`

फिल्मीखबर, काठमाडौं, 2015/11/30
निर्माण शुरू भएको करिब दुई बर्षपछि फिल्म 'कैफियत'को रिलिज मिति तोकिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण टिमले फिल्मको फास्टलुक ट्रेलर, पोस्टर तथा गीत सार्वजनिक गर्दै प्रदर्शनको मिति तय गरेको हो । 
 
यो फिल्म माघ १५ मा टुल्के अभिनेताको 'पशुपति प्रसाद'सँग भिड्ने छ । फिल्मको सार्वजनिक ट्रेलरमा एक्शनलाई प्राथमिकता दिएको भान हुन्छ भने गीतले प्रेमभाव बोल्छ । फिल्ममा अर्जुन पोखरेलको सशक्त संगीत देखिएको छ ।
 
दशरथ गिरी निर्देशित यो फिल्ममा नन्दिता केसी, नविन श्रेष्ठ, सिपी पौडेल, सजना थापा ’रोज’ लगायत लिड रोलमा छन् । चिन्तामणी बरालको लगानी रहेको यो फिल्म ओम दक्षिणकाली फिल्मस् प्रालीको व्यानरमा तयार भएको हो । कार्यक्रममा फिल्मका कलाकार तथा निर्माता निर्देशक दर्शकको साथ पाउनेमा आशावादी देखिए ।