मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमिताभले भने–`कलाकार सर्वाधिक बदनाम`

एजेन्सी, मुम्बई, 2015/11/30
बलिउड अभिनेता अमिताभ बच्चनले बलिउडमा कलाकार सबैभन्दा धेरै बदनाम हुने बताएका छन् । देशमा बढ्दै गएको असहिष्णुताको बिषयमा बोलेपछि अभिनेताद्धय साहरुख खान र आमिर खानले आलोचना भोगिरहेका छन् । यही समयमा अमिताभले कलाकार सबैभन्दा धेरै बदनाम भएको भन्दै ब्लगमा लेखेका छन् ।
 
अमिताभले लेखेका छन्–‘पूरै दुनियाँमा हामी चर्चित र धेरै फोटो खिचाउने मानिस हौ । यसैले हामी धेरै बदनाम पनि हुने गर्छौ ।’ उनले यो कुरा आफूहरुका लागि अचम्म मान्ने कुरा नभएको भन्दै पहिलेदेखि नै यसको बानी परेको बताए । अमिताभले आफ्ना फ्यानलाई आफ्नो फराकिलो परिवार भनेका छन् ।
 
बलिउडमा कलाकारको बिषयमा विभिन्न समयमा आलोचना र चर्चा भएपछि वीग बीले आफ्नो ब्लगमार्फत यो कुरा खोलेका छन् । बलिउडमा प्राय सबै अभिनेता तथा अभिनेत्री विभिन्न स्क्यानडलमा फस्ने गरेका छन् । विश्वमा करोडौ फ्यान भएका कारणले पनि कलाकारप्रति सबैको नजर रहने गर्छ । जसका कारण सामान्य भन्दा सामान्य कुरामा पनि उनीहरु आलोचित हुने गरेको पाइन्छ ।