मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

नन्दितालाई नयाँ कलाकारको डर ?

फिल्मीखबर, काठमाडौं, 2015/11/30
अभिनेत्री नन्दिता केसी एक समय निकै व्यस्त हुन्थिन् । हातममा धेरै फिल्म हुन्थे । तर अहिले त्यस्तो अबस्था छैन । उनका कमै फिल्म रिलिजको पाईपलाईनमा होलान् भने अर्कोतर्फ फ्लोरमा जाने फिल्म पनि उनीसँग छैनन् । 
 
करिब २ बर्ष पहिले मुहर्त भएको नन्दिता स्टारर फिल्म 'कैफियत' माघमा रिलिज हुने भएको छ । 'कैफियत' निर्माण टिमले प्रचारको पहिलो अनुहार सार्वजनिक गर्न राजधानीमा आयोजना गरेको एक कार्यक्रममा नन्दिताले शालिन मन्तव्य दिईन् । 'यो फिल्ममा काम गर्दा केहि नयाँ कुरा सिकें, यो फिल्म मेरो लागी परिक्षा हो । फल कस्तो आउँछ त्यो रिलिजपछि थाहा होला’, मन्तव्यको क्रममा नन्दिताले बोलेको संवाद हो यो ।
 
यो बाहेक केहि कुरा नखोलेकी उनले कार्यक्रम सकिएपश्चात भने आफु पछिल्लो समय फिल्म भन्दा पनि बाहिरी कार्यक्रममा व्यस्त भईरहेको बताईन् । फिल्ममा भन्दा देश तथा विदेशका कार्यक्रममा बढी व्यस्त भएको बताउने नन्दिताले फिल्म नपाएर यस्तो भनिन् या साँच्ची व्यस्त भएर अफरलाई नै अस्विकार गरेकी हुन् त्यो उनी आफै जानुन् । 
 
गत बर्ष रिलिज 'लोग्न मान्छे'मा दिलिप रायमाझीसँग रोमान्समा देखिएकी नन्दिता करिब एक बर्षपछि माघ १५ मा पर्दामा देखा पर्दैछिन् । जहिले पनि भद्र र नम्र देखिने यी नायिका पछिल्लो समय फिल्मीपर्दामा नदेखिँदै गर्दा जिज्ञाशा उत्पन्न हुनु स्वभाविक हो ।
 
अर्को तर्फ उनले पछिल्लो समय नयाँ पुस्ताका कलाकारहरुको आगमन बढेकोले पनि फिल्ममा आफु कम देखिएको तर्कसम्म गर्न भ्याईन् । नयाँ अनुहारले स्थान पाउनुपर्छ भन्ने सोचका साथ उनले यो कुरा बोलेको भए त ठिकै हो तर एक समय चलेकी कलाकारले नयाँ कलाकार आउँदा स्थान मिलेन भन्दा आफ्नो दिन गए जस्तो बुझियो । कि कसो ?