मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

अविवाहित दीपाका छोरा को ?

फिल्मीखबर, काठमाडौं, 2015/11/30
उमेरको हिसाबले हेर्ने हो भने कलाकार निर्मल शर्मा भन्दा अर्की हाँस्य कलाकार दीपाश्री निरौला पक्कै कान्छी होलिन् । यिनै निर्मल दीपाको छोरा भन्दा पत्यार लाग्ला त ?  
 
 
निर्मलले फिल्म निर्माणमा असफलता भोग्दै गर्दा दीपाले हाँस्य क्षेत्रमा स्थान जमाउँदै थिइन् । अहिले निर्मल निर्देशनमा सफलताको स्वाद चाख्ने तयारीमा छन् ।  
 
फिल्म 'चकलेट'को प्रमोशन कार्यक्रममा दीपाले निर्मललाई छोराको संज्ञा दिइन् । जतिबेला दीपालाई निर्मलले आफ्नो आमा भनेर बोलाए, छेउमै रहेका दीपकले अविवाहित आमा भनेर ठट्यौली गरे ।
 
निर्माताको रुपमा चिनिएका निर्मल शर्मालाई दीपकराज र दीपाले कलाकारको रुपमा परिचय दिएका हुन् । यसैले निर्मलले यी दुई कलाकारलाई गुरु बा र गुरु आमा मान्ने गरेका छन् । गुरु आमा भएकै कारण दीपा निर्मलकी आमा बनेकी हुन् । 
 
सार्वजनिक कार्यक्रममा अविवाहित दीपालाई निर्मलले आमा भन्छिन् भने दीपा निर्मललाई छोरा । निर्मलले निर्देशन गरेको फिल्म 'चकलेट'को यि दुई गुरू बा र गुरू आमाले सफलताको लागि आशिर्वाद दिए ।