Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15685 - 15690 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-10-15, बिहिवार

 सुदर्शन थापाद्वारा निर्देशित नेपाली चलचित्र ‘चंखे शंखे पंखे’ अब विदेशमा प्रदर्शन हुने भएको छ । बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा चलचित्रको निर्मँण संस्था आसुसेन फिल्म्स प्रोडक्सन तथा यूथ फर यूथ मिडियाबीच विदेशमा चलचित्र प्रदर्शन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चलचित्रका निर्मँता सन्तोष सेन तथा मिडियाका अध्यक्ष बिजु बज्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-10-15, बिहिवार

तीन वर्षअघि स्थापना भएर अनाथ र अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिईरहेको संस्था घर आँगन नेपालको अभिनेत्री स्वेता खड्का तथा अभिनेता प्रशान्त तामाङले हालै अवलोकन गरेका छन् । काठमाडौंको चण्डोलमा रहेको यो संस्थामा हाल १५ जना बालबालिका आश्रित छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-10-15, बिहिवार

चैत्र २६ मा प्रदर्शन मिति तोकेर छायांकनमा गएका २ फिल्मको छायांकन सकिएको छ । फिल्म नाई नभन्नु ल ४ को निर्देशक विकास आचार्यले एक गीत खिच्दै वुधबार इन्डक्ल्याप गरेका हुन् । विकास आचार्यको कथा, निर्देशन र निर्माणमा तयार भएको यो फिल्ममा प्रियंका कार्की, अनुभव रेग्मी मुख्य भूमिकामा छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-10-15, बिहिवार

फिल्म बागमतीको ट्रेलर बाहिर आएको छ । पौष २४ गते प्रदर्शन मिति तोक्दै महंगो बजेटमा तयार भएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । पोष्टर, टिजर, संवाद टिजरमा जस्तै ट्रेलरमा पनि दक्षिण भारतीय  टिमले अभिनेता राजेश हमाललाई नै महत्व दिएको छ । अभिनेता हमालको संवाद र द्धन्द्धलाई विशेष रुपमा प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-10-15, बिहिवार

अभिनेत्री केकी अधिकारी र निता ढुंगानाको तस्बिर अहिले धेरै मिडियामा देखिन्छ । यी दुई अभिनेत्रीको निकटतालाई देखेर धेरैको ध्यान पनि तानिएको छ । चलचित्र विकास बोर्डले गतबर्ष आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कारमा फिल्म मसानबाट नीताले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाउँदा केकी खुबै चिडिएकी थिइन् ।

एजेन्सी, मुम्बई, 2015-10-14, बुधवार

बलिउडकी रानी कंगना रनावतले सलमानलाई दोषी ठहर्याएकी छिन् । तर उनले सलमानले नशाको समयमा गाडी चलाएर फुटपाथमा सुतिरहेको मानिस मारेको अभियोगमा सलमानलाई दोषी ठहर्याएकी भने होइनन् । उनले त हालै रिलिज भएको फिल्म ‘कट्टिबट्टि’ फ्लप हुनमा सलमानलाई दोषी ठहर्याएकी हुन् ।

Results : 15685 - 15690 of 24018