’एस के फिल्मस्’को तर्फबाट सुनिलकुमार थापा र झरना थापाको लगानीमा एक दशक पहिले जस्तो फिल्म ’ए मेरो हजुर’ बन्यो, फिल्म हिट भयो, त्यसपछि ’तग्दिर’ बन्यो त्यो पनि राम्रै चल्यो । त्यसयता ’फेसबुक’ बन्यो लगानी डुब्यो । त्यसपछि करिब ३ बर्ष पहिले हङकङमा आयोजित एक अवार्ड समारोहमा निर्माण घोषणा गरियो, ’ए मेरो हजुर २’ । तर यो फिल्म बारबार घोषणा भईरहँदा पनि अहिलेसम्म बन्ने छाँट देखिएको छैन् ।
तर पनि स्टेज र ’मास’ सँगै माईक पाउँदा झरनाले फिल्मको प्रचार गर्न भने छाड्दिनन् । हङकङमा सम्पन्न नेफ्टा अवार्डपछि यो अवार्ड कतारमा भईसक्यो, फेरी अर्को अवार्ड हुने दिन नजिकिँदै छ तर ३ बर्षजस्तो पहिले घोषणा गरिएको फिल्म बन्ने टुङ्गो नहुँदा झरनामाथि प्रश्न उब्जिएको छ, ’घोषणा मात्रै गर्ने की फिल्म पनि बनाउने ?’
फिल्म बनाउने तयारी के कसो हुँदैछ त्यो कुरा झरना र सुनिललाई नै थाहा होला । तर बन्ने निश्चित नै नभएपनि सोमबार राजधानीमा डि सिने अवार्ड समारोहमा समेत झरनाले यो नामको प्रचार गर्नपछि परिनन् । त्यसैले घोषणा भएपनि नबनेको तर प्रचार भईरहेको ’ए मेरो हजुर २’लाई फिल्म सम्झिने कि नाम ? यो कुरा तर्क र बहस गर्नेहरुलाई अर्को अबसर हुनसक्छ । राम्रो फिल्म बन्ने आशातित व्यानरबाट फिल्म आउँदै गर्दा धेरैमा केहि आशा अपेक्षा पक्का हुनसक्छ, तर बनाउँदै नबनाउने अनि प्रचार मात्र गरेर त भएन नी, हैन र ?

