
श्रृखंलाबद्द रूपमा हिट हुँदै आएको फिल्म 'नाईं नभन्नु ल'को चौथो श्रृखंलाको गीत रिलिज गरिएको छ । सांगीतिक सफलतासँगै व्यवसायिक सफलता पाउँदै आएको 'नाईं नभन्नु ल' नेपाली फिल्म ईतिहासमा सबैभन्दा धेरै सिक्वेल बनेको फिल्म पनि हो ।

देश अहिले हाहाकारको अवस्थामा छ । पेट्रोल, डिजेल, ग्यांसलगायतका दैनिक उपभोग्यका सामाग्रीको अभावले गर्दा जनजीवन अस्तव्यस्त छ । दशैंको मुखमा यस किसिमको हाहाकारले समस्यामाथि समस्या थपेको छ । यस अवस्थामा पनि न फिल्मकर्मीहरूलाई मनोरञ्जनले रोकेको न दर्शक

बलिउडमा धेरैजसो कलाकार लिंक अपको खबर सकभर लुकाउने प्रयास गर्छन् । उदाहरणका लागि रणवीर कपुर – कट्रिना कैफ, रनवीर सिंह–दीपिका, विपाशा वसु–करण सिंह ग्रोबर । सँगै रात बिताएको सम्म खबर आउँछ तर मिडिया सामु यिनीहरु आफूहरुको प्रेम स्विकार्दैन र सधैं मिडियाले आफ्नो नाम जोडेको भनेर गुनासो गर्छन् । तर यस्ता प्रवृत्तिको ठिक उल्टो आलिया भट्ट भने आफ्नो लिंक अपको खबर नआउँदा आफूलाई दुःख लाग्ने गरेको बताउँछिन् ।

‘जेरी’ फेम अभिनेत्री आना शर्माले अनमोलसँग ब्रेक अप नभएको बताएकी छिन् । फिल्मीखबरसँगको एक भेटमा उनले ब्रेक अपको हल्ला निराधार भएको बताएकी छिन् । उनले अनमोल केसी र आफू साथी मात्र भएको र साथीसँग ब्रेक अप हुने सम्भावना नरहेको जिकिर गरेकी हुन् ।

अभिनेता अनुप विक्रम शाही फिल्मको पर्दामा जोडदार अभिनय त गर्छन् । तर, उनको अभिनयको चर्चा फिल्मी बजारमा खासै भएको छैन । उनले फिल्म ‘हँसिया’मा जोडदार खलपात्रको भूमिकामा काम गरे, तर पनि अनुपलाई अन्य केही अभिनेता जस्तो सफलता अझै मिलेको छैन ।

११ वर्षीय सन्जोज पराजुली विगत लामो समय देखि ब्लड क्यान्सरसँग लडिरहेका छन् । डाक्टरहरुका अनुसार उनको क्यान्सर लगभग अन्तिम अवस्थामा छ । कान्ति बाल अस्पतालमा क्यान्सरसँग लडिरहेका यिनै सन्जोगको ईच्छा थियो अभिनेता अनमोल केसीसँग भेट्ने । अनमोलको ‘होस्टल’ र ‘जेरी’ हेरेका सन्जोग ज्यादा जसो समय यिनै फिल्म र गीत हेरेर बिताउने गर्दथे र बेलाबखत अनमोलसँग भेट्ने ईच्छा व्यक्त गर्दथे ।

