अभिनेत्री नीता ढुंगानाका लागि यतिबेला जम्मा २ कुरा महत्वपुर्ण छ । नीताका लागि महत्वपुर्ण २ कुरा मध्ये एक हुन्, प्रेमी आमेष भण्डारी । आमेष विना त अब नीताले कुनै पनि कुराको कल्पना गर्न छाडिसकिन् । नीतालाई लाग्छ, उनको जीवनमा आमेष सवथोक हुन् । उनी कार्यक्रममा पनि आमेषका साथमै पुग्छिन् भने प्राय समय उनीसँगै बिताउछिन् ।
उनै नीतालाई अहिले प्रेमीसँगै आफू अभिनित फिल्म ‘फूलै फूलको मौसम तिमी’लाई को पनि भर छ । नीता आफूसँग आमेष र त्यही एउटा फिल्म मात्र भएको बताउँछिन् । यो बर्ष उनको कुनै पनि फिल्म प्रदर्शनमा आएको छैन । यो फिल्म पनि चलेन भने नीताको फिल्म करिअर डामाडोल हुने देखिन्छ ।
नीता फिल्ममा अहिले खासै व्यस्त पनि छैनन् । यसैले, हरेक बर्ष एउटा फिल्म हिट दिइरहेकी नीतालाई प्रदर्शनमा आउन लागेको एउटा मात्र फिल्मको आश रहनु नौलो कुरा होइन ।प्रेमी आमेषले त उनलाई साथ दिइरहेका छन् नै । अब, फिल्मले पनि साथ दियो भने नीताको दुबै हातमा लड्डु हुनेछ ।

