Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`रातो घर`मा कालो काम गर्नेको कथा (ट्रेलर हेर्नुस्)

फिल्मीखबर, काठमाडौं, 2015/12/22
डिसेम्बर २७ तारिखदेखि अमेरिकाका विभिन्न शहरमा प्रदर्शन हुन लागेको फिल्म ‘रातो घर’को ट्रेलर सार्वजनिक गरिएको छ । माङ्हिम फिल्मस् र तक्मे प्रोडक्सनको ब्यानरमा निकेश लिम्बु निर्मित फिल्मले कालो काम गर्नेको सेतो कथा बोल्नेछ ।  
 
 
सुरज सुब्बा ‘नाल्बो’ र विल्सन विक्रम राई समेत निर्माता रहेको यो फिल्मको निर्देशन, पटकथा तथा संवाद सुरज सुब्बाकै रहेको छ । फिल्ममा महेश खड्का र डम्बर नेपालीको संगीत, रोशन श्रेष्ठको एक्सन, हरी लामाको छायांकन, विपिन मल्लको सम्पादन छ । 
 
फिल्ममा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, अनुराग कुँवर, विकेश श्रेष्ठ, जितेन लामा, भानु प्रताप, उपासना नेम्वाङ, माला लिम्बु मुख्य भूमिकामा छन् । बेलायतमा प्रिमियर भइसकेको यो फिल्मको नेपाल रिलिज मिती टुंगो लागेको छैन । 
 

Most Visited News (monthly)