
अभिनेता निखिल उप्रेती अहिले नेता जस्तै हुन थालेका छन् । हातमा माइक पर्नुहुन्न देशका बारेमा गफ दिन थालिहाल्छन् । निखिलको यो स्वभाव देखेर धेरै जना छक्क पर्ने गरेका छन् । किनकी फिल्मको माहोलमा गएको बेला राजनीतिक कुरा गरेको कसो कसो सान्दर्भिक नहुँदा रैछ । त्यसमाथि भएन नेताको कुराले वाक्क भएका जनता फिल्मी माहोलमा गएर पनि त्यस्तै कुरा सुन्न परेपछि बोर नहुने कुरै भएन ।

अभिनेता तथा गायक प्रशान्त तामाङलाई दर्शकले फिल्मको पर्दामा लाहुरको भूमिकामा देख्छन् । फिल्म ‘गोर्खापल्टन’मा लाहुरेको रुपमा देखिएका थिए प्रशान्त । यसैले पनि कात्तिक ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी’मा पनि प्रशान्त लाहुरेकै भूमिकामा छन् कि भन्ने धेरैलाई लागेको छ । तर, यसपटक भने प्रशान्तले आफूले लाहुरेको भूमिकामा काम नगरेको बताएका छन् । फिल्मीखबरसँग कुरा गर्दै प्रशान्तले ‘परदेशी’ले नेपालको सुक्ष्म बिषयलाई उठान गरेपनि आफू लाहुरेकै भूमिकामा भने नदेखिएको बताएका छन् ।

फिल्म 'चंखे शंखे पंखे'को रिलिजसँगै निर्देशक सुदर्शन थापाले आफ्नो अर्को नयाँँ फिल्म 'प्रेम गीत'को टिजर रिलिज गरेका छन् । पूजा शर्मा र नव–अभिनेता प्रदीप खड्काकाे अभिनय रहेकाे फिल्मको प्रस्तुत टिजरमा प्रेमको मिठास देखाईएको छ ।

फिल्म र्याग्स गाइजको घोषणा गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको घोषणा गरियो । सुरज भुषालले यो फिल्मको निर्देशन गर्दैछन् । माघ महिनाबाट फिल्मको छायांकन सुरु हुनेछ ।

सोमबार बेलुकी काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा अन्तरराष्ट्रिय नेपाली कलाकार समाजले तेश्रो इनास अवार्ड सम्पन्न गरेको छ । अवार्ड समारोहमा १४ विधामा अवार्ड प्रदान गरिएको थियो । तर, अवार्ड समारोहप्रति कलाकारको आकर्षण घट्दै गएको यहाँ पनि देखियो । केही अभिनेत्री र थोरै अभिनेता उपस्थित भएको कार्यक्रममा कलाकारको प्रस्तुती भने रमाइलो थियो ।

लामो समयको सस्पेन्स खत्तम गर्दै आदित्य चोपडाले आफ्नो नयाँ फिल्म ‘बेफिकर’को जोडी फाइनल गरेका छन् । करिब ९ वर्षको अन्तरालमा निर्देशनमा फर्कन लागेका चोपडाले रनवीर सिंह र बाणी कपुरलाई लिडमा फाइनल गरेका हुन् । दुवै पहिलो पल्ट एक साथ पर्दामा देखिन लागेका हुन् ।

