
रेखा थापाको फिल्म ‘राम प्यारी’ को सम्पूर्ण छायाँकन सकिएको छ । रेखाले आफ्नो फिल्मको छायाँकन असोज १ गते विश्वकर्मा पूजाको दिन बाट सुरु गरेकी थिइन् । छायाँकनको अन्तिम दिन असोज २८ मा पनि विश्वकर्माको गीत नै खिचियो । रेखा थापा, आभाष अधिकारी र आश्मा डिसीको टेक लिदैं बुढानिलकण्ठ स्थित मह स्टुडियोमा ‘राम प्यारी’ को इन्डक्ल्याप गरिएको हो ।

फिल्म गाजलु छायांकनमा नजादै चर्चामा छ । चर्चित निर्देशक हेमराज वीसीको निर्देशनमा बन्न लागेको यो फिल्मलाई रोहित अधिकारीले निर्माण गर्दैछन् । हेमराजले रोहितसँग सहकार्य गर्दै यसमा लगानी पनि गर्नेछन् । यो फिल्ममा कलाकारदेखि प्राविधिकसम्मको यस्तो जमघट छ, जो फिल्म क्षेत्रमा महंगा छन् ।

अभिनेता तथा गायक यश कुमारले निर्माण गरेको फिल्म 'बाटोमुनिको फूल'ले निकै चर्चा पायो । जातिय छुवाछुतको कथा उठाएको उक्त फिल्मबाट पाएको मायाले गर्दा यश कुमारले त्यसको सिक्वेल पनि बनाएका छन् ।

पाका फिल्मकर्मी केशब भट्टराईको निर्माण तथा हाँस्य कलाकार निर्मल शर्मा 'गैंडा'को निर्देशनमा बनेको फिल्म 'ब्रासलेट'को गीत सार्वजनिक गरिएको छ । लोकगायक पशुपती शर्मा र टिका पुनले गाएको उक्त गीतमा रमेश उप्रेती र रजनी केसीको नृत्य हेर्न सकिन्छ ।

एसबीआर फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको फिल्म ‘सत्यदीप’को फष्टलुक र अडियो सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले फष्टलुक र अडियो सार्वजनिक गरे ।

विगत सात वर्षदेखी नियमित रुपमा आयोजना हुँदै आएको एलजी ’डि‘ सिने अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । यसै वर्षदेखी नेपालकै उच्च औधोगीक संस्था सिजी सँग सहकार्य गर्दै डि सिने अवार्डबाट एलजी डी सिने अवार्ड ०७२ भएको यो अवार्ड मंसीरमा आयोजना गरीने आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले वताएका छन् ।

